४ पुस २०८२, शुक्रबार | December 19, 2025

विमलेन्द्रको नयाँ ट्वीस्ट – प्रकाशमान र शेखर तयार भए आफ्नो समर्थन रामचन्द्रलाई



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि सभापतिमा दाबी गर्दै आएका नेता विमलेन्द्र निधिले रामचन्द्र पौडेलालाई सभापति स्वीकार गर्न प्रकाशमान सिहं र शेखर कोइराला तयार भए आफूले पनि सर्मथन गर्ने बताएका छन् ।

सभापतिमा दाबी गदै प्रचारलाई तीव्र बनाएका निधिले अकास्मात गरेको नयाँ प्रस्तावले कांग्रेस राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ । चितवनकाठमाडौं प्रजातान्त्रिक संगमले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले भने, ‘यदि पौडेलजीलाई सर्वसम्मत स्वीकार गर्ने हो भने म दाबी छोड्छु ।’

उनले अर्का आकांक्षी देउवाले समेत दाबी छाड्नुपर्ने या कोइराला र सिंहले मात्र छोड्ने हो भन्ने विषयमा भने खुलेर बताउन चाहेनन् । रामचन्द्रका लागि मैदान खाली गर्ने बताएका उनले अरु उम्मेदवार कायम रहे आफ्नो पनि उम्मेदवारी कायम रहने बताए ।

उनले असन्तुष्टि छाडेर बैठक र कार्यक्रमहरूमा उपस्थित हुन पौडेललाई आग्रहसमेत गरे ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  १२ : ०४ बजे

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म

नेपालगन्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध हुँदै

नेपालगन्ज । चिसो बढन थालेपछि स्थानीय तहले नेपालगन्जका सार्वजनिक स्थानमा