३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

भृकृटीमण्डपमा कांग्रेसको १४औं महाधिवेशन सुरु



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु भएको छ ।

काठमाडौंको भृकृटीमण्डमा सुरु भएको महाधिवेशनको उद्घाटन सत्रमा कांग्रेसका केन्द्रीय नेताहरु, महाधिवेशन प्रतिनिधिहरु, कार्यकर्ता, समर्थक, शुभचिन्तकहरु सहित सर्वसाधारणको उपस्थिति रहेको छ ।

कार्यक्रमको उद्घाटन सत्रलाई प्रवक्ता विश्वप्रकाश शर्माले संचालन गरेका छन् । शर्मा कांग्रेसको सञ्चार विभागका संयोजकसमेत हुन् ।

उद्घाटनसत्रमा देश तथा विदेशबाट आमन्त्रण गरिएका पाहुना आउने क्रम पनि चलिरहेको छ ।

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुँदैछन् ।

भारतका विभिन्न राजनीतिक दलका प्रतिनिधि पनि सहभागी भएका छन् । उद्घाटन सत्र सुरु हुनुअघि विभिन्न जातजातिको झाँकी प्रस्तुत भएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  २ : ३९ बजे

पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो

काठमाडौं । आराध्यदेव भगवान् पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको चहलपहल बढेको छ

आज २६३ औँ सेना दिवस मनाइँदै

काठमाडौं । नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज

आज महाशिवरात्री पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन

निर्वाचन आउन १८ दिन बाँकी : आजदेखि यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम