७ आश्विन २०८३, बुधबार | September 23, 2026

सरकारमा नागरिकको पहुच भएन



बुटवल । एक वर्ष लामो समय लगाएर सामाजिक परिवर्तन केन्द्रले गरेको अनुसन्धानमा स्थानियसरकारसम्म नागरिकको पहुच पुग्न कठिन देखाएको छ ।

शुक्रबार बुटवलमा नागरिक संलग्नता बडापत्र सम्बन्धि सरोकारवाला बिच छलफल कार्यक्रममा केन्द्रका कार्यक्रम म्यानेजर निश्चल खनालले संघियताको लामोसमय बितिसक्दा पनि स्थानिय सरकारमा नागरिकको पहुच पुग्न नसकेको अध्ययनको क्रममा निष्कर्ष देखिएको बताए । नागरिक संगठनको १२, स्थानिय तहको १२ र मिडियाको ६ वटा भुमिकाहरु निभाउन सकेमात्र पहुच पुग्ने केन्द्रको अध्ययनको निष्कर्ष छ ।

तीन तहकै सरकारको समन्वय अभावको कारण गरेका राम्रो कामको समेत अपनत्व हुन नसकेको उनले दुखेसो गरे । जनताको आवश्यकता र मागको आधारमा योजना नपार्ने कारण पनि दिगो विकासमा समस्या भएको उनले बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ४ का वडाअध्यक्ष टंक पराजुलीले सिमित श्रोतसाधनबाट असिमित आवश्कयता पूरा गर्नुपर्ने बाध्यता स्थानिय सरकारमा
रहेको दुखेसो गरे । टोल विकास संस्थालाई प्राथमिकता दिएर योजनाहरु बनाउदा अपाङता, दलित, गरिब बसोबासी हुने स्थानमा लागत सहभागिता कम गर्ने गरेको उनले बताए ।

कार्यक्रममा केन्द्रका अध्यक्ष पवन रायले नागरिकहरु आफ्नो अधिकारबारे बुझ्ने, सरकारसम्म आफ्नो अधिकार लग्ने र फरक बिचार राखे सहभागीता नै नगराउनेसम्मको समस्यामा रहेको अनुसन्धानको क्रममा सेवाग्राहीहरु भेटिएको उनले बताए । जनप्रतिनिधि, स्थानिय सरकार, नागरिक समाजका सरोकारवालाहरु बिच छलफल र समन्वय जरुरी रहेको उनले बताए । नागरिक समाजले भुमिकासंगै सरकारको भुमिका
महत्त्वपूर्ण हुने उनले बताए ।

कार्यक्रममा पत्रकार दामोदार खनालले नागरिकहरु समुदायमा धेरै समस्या रहेको बताए । योजना बनाउने र पार्न समेत पाईलापिचे भष्ट्राचार छ जसको सुनुवाई नहुदा नागरिक पिडामा रहेको उनले बताए । कार्यक्रममा बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक नुरजंग केसीले नागरिक सहभागिको नाममा गलत काम भएको बताए । फरक बिचार राख्नेहरुलाई सहभागी नै नगराउने प्रवृत्ति समुदायमा रहेको उनले गुनासो गरे । जेष्ठनागरिक समाज तथा वडा नं ८ का टोल समिति अध्यक्ष राधेश्याम राजभण्डारीले कर तिरेको रकमको तुलनामा ज्यादै न्यून योजना निर्माणमा बजेट पर्ने गरेको दुखेसो गरे । टिआई नेपाल रुपन्देहीका महासचिव दिपक ढकाल, भुपु सैनिक अध्यक्ष रबिन्द्र कार्की, पत्रकार भवानी पाण्डेले नागरिकको पहुचसंगै कर्तव्यमा जोड दिनुपर्ने बताए ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ५ : ३७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई