२२ असार २०८३, सोमबार | July 7, 2026

नेपालका नेताहरु दलाल पुँजिवादमा चुर्लुम्म डुबिसकेका छन् : माधव नेपाल



बुटवल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफुहरुले एमालेबाट गरेको विद्रोहलाई पुष्पलालले केशरजङ्ग रायमाझीसँग गरेको विद्रोहको तुलना गरेका छन् । समाजवादी प्रेस संगठनले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले पुष्पाललले केशरजङ्ग रायमाझीसँग विद्रोह गरे जस्तै आफुले आफैले बनाएको पार्टीबाट बिद्रोह गर्नु परेको बताए ।

उनले पुष्पलालले प्रतिगमनकै विरुद्धमा विद्रोह गरेको स्मरण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई बचाउन र देशमा मुल्य र मान्यताको राजनीति स्थापित गर्न आफुहरुले एमालेबाट विद्रोह गरेको बताए । चितवनमा एमालेले देखाएको तमासाले आफुहरुको विद्रोहको पुष्टी गरेको नेपालको दाबी छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले इतिहासको रछ्यानमा फालिएको राजतन्त्र ब्युंताउने कोसिस नगर्न आग्रह गर्दै बंश बिरासतमा अडिएर शासन गर्ने सपना छाड्न राप्रपालाई आग्रह गरे । ‘आम नेपाली जनतालाई सजग रहन जरुरी छ, इतिहास फर्काउन सकिँदैन ।’ उनले भने ।

उनले मुलुकमा यतिबेला दलाल नोकरशाही पुँजिवादको प्रभाव बढेको उल्लेख गर्दै दलका नेताहरु दलाल पुँजिवादमा चुर्लुम्म डुबेको बताए । अहिलेको नेपाली जनताको अन्तरविरोध दलाल नोकरशाही पुँजिबादसँग नै रहेको दाबी गर्दै राजतन्त्र अहिलेको प्रधान सत्रु नभएको स्पष्ट पारे ।

लोकतन्त्रको विषय जोकको विषय नभएको बताउँदै अध्यक्ष नेपालले लोकतन्त्रको रक्षाका लागि अहिले पनि प्रतिगमनका विरुद्ध लडाँई चलिरहेको बताए ।

उनले वर्तमान गठबन्धन राष्ट्रिय सभाको निर्वाचन सम्म भनिएपनि त्यसको आवश्यकता अझै रहेको स्पष्ट पारे । कम्युनिष्ट पार्टीहरुबीचको एकताका सम्बन्धमा पत्रकारहरुको जिज्ञासामा तत्काल पार्टी एकताको गुन्जाइस नरहेको नेपालले बताए । गठबन्धनको औचित्यको बारेमा धारणा राख्दै अध्यक्ष नेपालले ७४ सालमा मिल्दा जायज हुने र ७८ मा मिल्नु गलत भएको तर्क गर्नु ठिक नभएको बताए । एमाले अध्यक्ष केपी ओली तर्फ संकेत गर्दै उनले आफूले चुनाव जित्न राप्रपासँग एकता गर्ने अहिलेको गठबन्धन गलत छ भन्नु आफैमा गलत तर्क भएको बताए ।

आफुलाई छाडेर एमालेमा अडिएका १० जना नेतालाई स्वागत गर्न आफु तयार रहेको बताउँदै नेता नेपालले बिहान घर छाडेर बाहिर गएका परिवारका सदस्यलाई साँझ भित्राउनु कुनै आपक्तिको विषय नभएको बताए ।

उनले आफ्ना पार्टीका मन्त्रीहरुबाट सकारात्मक काम गरेको दाबी गर्दै आफुहरु सरकारमा सामेल भएपछि निजी उडानलाई उडाउने सरकारी बिमानलाई डुबाउने खेलमा कमी आएको दाबी गरे । सबै मन्त्रीलाई आफुले जनताको भावना अनुसार काम गर्न निर्देशन दिएको उनले बताए ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ९ : ५३ बजे

प्रगतिवादी लेखक संग्रौलाले गरे लेखक साहनीका तीन पुस्तकको विमोचन

बुटवल । लेखक साहित्यकार दील साहनीको तीन कृतिको आईतबार बुटवलमा

बाल विकास केन्द्रलाई लायन्स क्लबको सहयोग

बुटवल । लायन्स क्लब अफ बुटवलले बुटवल उपमहानगरपालिका वडा नं.

व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धीकरणको

बाँकेमा ३० प्रतिशत मात्रै रोपाइँ

नेपालगन्ज । यस वर्ष पर्याप्त वर्षा नहुँदा अहिलेसम्म बाँकेमा करिब

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ