२५ चैत्र २०८२, बुधबार | April 8, 2026

चन्द टण्डनको नेतृत्वमा नेपाल रेमिट्यान्स एशोसिएसनको नयाँ कार्यसमिति चयन



काठमाडौं । नेपाल मुद्रा विप्रेषक संघ (रेमिट्यान्स एशोसिएसन)को नेतृत्वमा चन्द टण्डन चयन भएका छन् । काठमाडौंमा सम्पन्न संघको १६औं वार्षिक साधारणसभाले टण्डन ( सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.)को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिमा रितेश मित्तल उपाध्यक्ष (नेपाल रेमिट ईन्टरनेशनल प्रा.लि.), सञ्जय सिग्देल महासचिव ( सूर्या रेमिट प्रा.लि. ) ईन्द्र प्रसाद शर्मा कोषाध्यक्ष ( आईपे रेमिट प्रा.लि. ) तथा सचिवमा दिपेन्द्र खनाल ईजिलिङ्क रेमिट्यान्स प्रा.लि. चयन भएका छन् ।

यसैगरी सदस्यतर्फ प्रविन अधिकारी (क्यास वे मनिट्रान्सफर प्रा.लि.), दिवाकर पौडेल ( जिएमई रेमिट प्रा.लि.), सञ्जिव पाठक (ए टि टि रेमिट प्रा.लि.) चयन भएका छन् । संघको बिधानतः अध्यक्षबाट मनोनित हुने २ जना सदस्यहरुमा भने युमा श्रेष्ठ (हिमालयन बैंक लि. ) र रामेश्वर सापकोटा प्रभू मनिट्रान्सफर प्रा.लि. ) मनोनित भएका छन् ।

संघका अध्यक्ष सुमन पोखरेलको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाको सञ्चालन सचिव ईन्द्र प्रसाद शर्माले गरेका थिए । स्वागत मन्तब्य उपाध्यक्ष चन्द्र टण्डनले राखेका थिए । त्यसैगरी पूर्व अध्यक्ष दिवाकर थापाले उपस्थित सदस्यहरु तथा अन्य आगन्तुक अतिथी ज्यूहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

संघको कार्य प्रगती प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष सुमन पोखरेलले रेमिट्यान्सको पछिल्लो अवस्था सन्तोषजनक नरहेको बताउँदै औपचारिक माध्यमबाट रेमिट्यान्स भित्राउन सबैले सामुहिक प्रयत्न गनुपर्नेमा जोड दिए । आफ्नो कार्यकालमा आफु र आफ्नो कार्यसमितिलाइ पूर्णत सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दे अ्रध्यक्ष पोखरेलले सहमतिमा सबैको प्रतिनिधित्व हुने गरी नयाँ नेतृत्व चयन गरिएको बताए ।

संघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दे संघका महासचिव रितेश मित्तलले कोभिड १९ का कारण नकरात्मक हुने अपेक्षा गरिएको रेमिट्यान्स गत आर्थिक बर्षमा बृद्धि भएको तर यस आर्थिक वर्षमा भने शुरु देखिनै रेमिट्इान्स आप्रवाहमा आएको गिरावटप्रति चिन्ता ब्यक्त गरे । संघका कोषाध्यक्ष सञ्जय सिग्देलले संघको वार्षिक आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष चन्द्र टण्डनले नेपालमा रेमिट्यान्स क्षेत्रलाई संस्थागत गर्दे विस्तारित र मर्यादित उद्योगको रुपमा विकास गर्दे लैजाने र सम्पुर्ण रेमिट्यान्स कम्पनीहरुको संस्थागत हितको लागि कामगर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । अध्यक्ष टण्डनले आइएमई र आईएमई ग्ुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको भूमिकाको स्मरण गर्दे उनको अथक मिहिनेत र प्रयासबाट नै रेमिट्यान्स क्षेत्र यति ठूलो व्यबसायको क्षेत्र बनेको उल्लेख गरे । त्यस्तै प्रभू ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन लगायत यस क्षेत्रलाई योगदान पु¥याउने सम्पूर्ण अग्रजहरुको भूमिकालाई विशेष स्मरण गर्दे उनीहरुको योगदानको उच्च कदर गरे । सोही क्रममा उनले रेमिट्यान्स व्यबसायलाई अझ ब्यवस्थित र प्रविधिमैत्रि बनाउन आफु लागिपर्ने प्रतिबद्धता पनि ब्यक्त गरे ।

नेपाल मुद्रा विप्रेषक संघले संघको १६औं वार्षिक साधारण सभाको अवसर पारेर हालसम्म यस संघको पदाधिकारीमा रही काम गरेका पूर्व पदाधिकारीहरुलाई पनि सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १ : ५२ बजे

चितवनबाट बुटवल ल्याइएको बोडीमा उच्च विषादी, १२० केजी नष्ट

बुटवल । बुटवलस्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान : १३ ओटा मोटरसाइकल ग्यारेजमा सचेतना सुरु (फोटो फिचरसहित)

बुटवल । बुटवल प्रहरीले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान

देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री

‘राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ’

तनहुँ । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली

लायन्स क्लब अफ बुटवलको अध्यक्षमा दिनेश कुमार प्रधान

बुटवल । लायन्स क्लब अफ बुटवलको सम्पन्न अधिवेशनबाट आगामी कार्यकाल