१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

गहुँ छर्ने बेला मलको व्यापक अभाव, किसान चिन्तामा



जनकपुरधाम । गहुँबाली लगाउने बेला रायासनिक मल नपाउँदा धनुषासहित यस क्षेत्रका किसान मारमा परेका छन् ।

प्रदेश २ का जिल्लाहरूमा धानबाली भित्र्याएपछि गहुँ बाली लगाइन्छ । तर प्रत्येक वर्ष गहुँको बीउ छर्ने वेलामा आवश्यकताअनुसारको मल पाउन सकिरहेका छैन ।

मागअनुसारको मल नपाएपछि गहुँको उत्पादन कम हुने हो कि भन्ने चिन्तामा किसान छन् । धानबाली भित्र्याएर गहुँ छर्ने तयारीमा रहेका धनुषाको हंशपुरका शैलेन्द्र मुखियाले मल नपाएपछि निराश भएका छन् । उनले भने, ‘मलका लागि गाउँको डिलरदेखि जनकपुरधामस्थित कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालयसम्म पुगे, तर कहीँ मल पाउन सकिनँ । मल नै पाएपछि गहुँ खेती कसरी गर्ने भन्ने तनाव भएको छ ।’

कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरले केन्द्रले मागअनुसारको मल उपलब्ध नगराउँदा मलको अभाव हुँदै आएको जनाएको छ । ‘वर्षेनी मलको माग बढ्दै गएको छ,’ कृषि सामग्री लिमिटेड जनकपुरका प्रमुख रामकुमार चौधरीले भने, ‘केन्द्रले सोअनुसारको मल उपलब्ध नगराउँदा यहाँका किसानले समस्या भोग्दै आएका छन् ।’

गत आर्थिक वर्ष ०७७(७८ मा कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरले ६ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डीएपी मल माग गरेकोमा तीन हजार दुई सय मेट्रिक टन युरिया र चार हजार पाँच सय मेट्रिक टन डिएपी मात्रै केन्द्रले उपलब्ध गराएको थियो ।

चालू आर्थिक वर्षमा पाँच हजार मेट्रिक टन युरिया र चार हजार पाँच सय मेट्रिक टन डीएपी मलको लक्ष्य रहे पनि अहिलेसम्म केन्द्रले दुई हजार नौ सय पाँच मेट्रिक टन युरिया र एक हजार ६ सय २७ मेट्रिक टन डीएपी मात्रै उपलब्ध गराएकोमा दुई हजार तीन सय ५० मेट्रिक टन युरिया, एक हजार पाँच सय ८५ मेट्रिक टन डीएपी बिक्री भइसकेको उनले बताए । पाँच सय ५५ मेट्रिक टन युरिया र ४२ मेट्रिक टन डीएपी अहिले गोदाममा मौज्दात रहेको उनले बताए । कृषि ज्ञान केन्द्र धनुषाका अनुसार धनुषामा ४० हजार हेक्टर जमिनमा गहुँ खेती हुँदै आएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १ : ३० बजे

मनमोहन अधिकारी वाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेपालको वाम-लोकतान्त्रिक आन्दोलनका

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल