काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले १ हजार ५५६ मत पाएका छन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ३ हजार २८२ मत गणना हुँदा देउवाले १ हजार ५५६ मत पाएका हुन् । त्यस्तै, शेखर कोइरालाले १ हजार १९७ मत पाएका छन् ।
यसैगरी, प्रकाशमान सिंहले २५७, विमलेन्द्र निधिले २०१ र कल्याण गुरुङले १७ मत पाएका छन् ।
कांग्रेसको निर्वाचनमा ४ हजार ६७९ मत खसेका छन्। कूल ४ हजार ७४३ मतदाता रहेका थिए ।
आज बिहान ४ बजेदेखि मतगणना शुरु भएको हो। गएराति साढे ११ बजेसम्म मतदान भएको थियो ।
प्रतिक्रिया