१९ चैत्र २०८२, बिहिबार | April 3, 2026

सदन चल्न नदिने गरी एमाले संसदीय दलले रणनीति बनाउँदै



काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक बस्दै छ । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा मंगलबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

उनका अनुसार बैठकमा मंगलबारबाट सुरु हुन लागेको संसदको १०औँ अधिवेशनका बैठक पार्टीका तर्फबाट कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ ।

पदीय मर्यादाविपरीत एमाले विभाजनमा भूमिका खेलेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग्दै आएको एमाले सांसदहरुले संसद बैठकमा अवरोध सृजना गर्ने गरी रणनीति बनाउने देखिन्छ । संसदको नवौँ अधिवेशन पनि एमाले सांसदको विरोध र नाराबाजीमै सकिएको थियो ।

सरकारको सिफारिसमा यही १६ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले २८ मंसिर मंगलबार दिउँसो २ बजे बस्ने गरी संघीय संसदको दुवै सदनको बैठक आह्वान गरेकी थिइन् ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ११ : २६ बजे

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ