८ बैशाख २०८१, शनिबार | April 20, 2024

कांग्रेस महामन्त्रीमा तीन डाक्टर पराजित



 

काठमाडौं । कांग्रेस महामन्त्रीमा तीन डाक्टर पराजित भएका छन् ।

दुई महामन्त्रीका लागि २७ मंसिरमा भएको निर्वाचनको बिहीबार सार्वजनिक परिणामअनुसार तीन डाक्टर उम्मेदवार पराजित भएका हुन् ।

महामन्त्रीमा उम्मेदवारी दिएका तीन डाक्टरमा डा. प्रकाशशरण महत, डा. मिनेन्द्र रिजाल र डा. राजाराम कार्की पराजित भएका कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

उनका अनुसार महतले एक हजार ५५६, रिजालले ८०९ र कार्कीले १०६ मत ल्याएर पराजित भएका हुन् । उनीहरूसँगै प्रदीप पौडेल पनि एक हजार ३९३ मत ल्याएर महामन्त्रीमा पराजित भए ।

महामन्त्रीमा गगनकुमार थापाले तीन हजार २३ मत र विश्वप्रकाश शर्माले एक हजार ९८४ मत ल्याएर निर्वाचित भएका छन् ।

संयोजक घिमिरेका अनुसार निर्वाचनमा कुल चार हजार ६८२ मत खसेकोमा ४३ मत बदर भएको छ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ५ : १५ बजे

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

‘पुजार सार्की’को ‘दर्शन गरेँ’ सार्वजनिक

काठमाडौं । जेठ १० गते रिलिज हुने चलचित्र ‘पुजार सार्की’को

चिनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ । एप्पलले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

चेन्नई सुपर किंग्सविरुद्ध लखनउको ८ विकेटको जित

काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न

एसीसी प्रिमियर कपमा तेस्रो स्थानको लागि आज नेपाल र हङकङ खेल्दै

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेल आज हुदैँछ