२० बैशाख २०८१, बिहिबार | May 3, 2024

शिक्षक र विद्यार्थीलाई कोरोना देखिएपछि विद्यालय बन्द



तनहुँ । शिक्षक र विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएपछि तनहुँको एक विद्यालय बन्द गरिएको छ । बन्दीपुर गाउँपालिका-२ मा रहेको भानु माध्यमिक विद्यालयका दुई जना शिक्षक र सात जना विद्यार्थीलाई कोरोना पुष्टि भएपछि साता दिनका लागि विद्यालय बन्द गरिएको हो ।

५४ जना शिक्षक र विद्यार्थीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएकोमा उक्त संख्यामा पोजेटिभ पुष्टि भएको हो । शुक्रबारदेखि ७ पुससम्म विद्यालय बन्द गर्न गाउँपालिकाले निर्देशन जारी गरेको छ ।

थप विद्यार्थीमा संक्रमण फैलन नदिनलाई शुक्रबारदेखि विद्यालय बन्द गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराईले बताए । संक्रमितको ट्राभल हिस्ट्री भेटिएको उनले बताए । ‘घान्द्रुक शैक्षिक भ्रमणमा गएर फर्किएका एक विद्यार्थीलाई लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना पुष्टी भएको हो । उनको सम्पर्कमा रहेका शिक्षक र विद्यार्थीको परीक्षण हुँदा अन्य आठ जना थपिए’, उनले भने । संक्रमित आठ जनामा भने लक्षण नदेखिएको उनले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार शुक्रबारसम्म जिल्लामा ११ जना मात्र कोरोनाका सक्रिय संक्रमित छन् । जिल्लामा कोरोना संक्रमण घटेर सक्रिय संक्रमितको संख्या तीन जनामा झरेको थियो । यो साता फेरि संक्रमित बढेका छन् ।

दोस्रो लहरको कोरोना सुरू भएपछि वैशाख यता मात्र जिल्लामा पाँच हजार ३६२ जनालाई कोरोना पुष्टि भएको छ । पाँच हजार २२२ जना निको भएको तथ्याङ्क छ । १२९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

जिल्लाका ६५ हजार ८३८ जनाले कोरोना विरुद्धको पुर्ण खोप लगाएको स्वास्थ्य कार्यालयका खोप अधिकृत शंकरबाबु अधिकारीले बताए । उनका अनुसार २० हजार ३७८ जनाले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ६ : ३५ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक