१४ बैशाख २०८३, सोमबार | April 28, 2026

भोलीदेखी सुरु हुने ‘लुम्बिनी सम्पदा साइकल राइड-२०७८’ को टिसर्ट सार्बजनिक



बुटवल । साइकल सिटि बुटवलको आयोजनामा लुम्बिनी क्षेत्रसँग जोडिएका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नेगरी आयोजित ‘लुम्बिनी सम्पदा साइकल राइड-२०७८’ को टिसर्ट सार्वजनिक गरिएको छ ।

‘हाम्रो सम्पदा, हाम्रो गौरव’–भन्ने मूल नाराका पौष २ गते शुक्रबार र शनिबार दुई दिनसम्म आयोजना गरिने साइकल राइडको टिसर्ट एक कार्यक्रमका बीच विहिबार बुटवलमा सार्वजनिक भएको छ ।

शुक्रबार विहान बुटवलको जितगढी किल्लाबाट सुरु हुने साइकल यात्राले यस क्षेत्रका विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकी क्षेत्रको अबलोकन गर्ने भएको छ । विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुस्कर शाहको विशेष उपस्थितीमा हुने साइकल यात्रामा लुम्बिनी क्षेत्रसँग जोडिएका देवदहर, रामग्राम, कपिलवस्तु, सैनामैना, तिलोत्तमा लगायतका धार्मिक तथा ऐतिहासिक क्षेत्रको परिक्रमा गरिने भएको हो ।

साइकल सिटीका अध्यक्ष विनोद कार्कीका अनुसार यात्रामा देशभरका १५० बढी साइकल राइडर सहभागी हुने छन् । उनीहरुलाई बस्ने खाने व्यवस्थाका लागि विभिन्न संघ-संस्थाहरुसँग समन्वय गरिएको उनले बताए ।

लुम्बिनी प्रदेशभित्रका विभिन्न जिल्लाबाट ५० तथा अन्य जिल्लाहरुबाट सय बढी राइडरहरु सहभागी हुने यात्रामा पुरुषहरुका लागि १५०० तथा महिला र बालबालिकाहरुका लागि ११०० सय प्रवेश शुल्क रहेको कार्यक्रम संयोजक बिमल बस्नेतले जानकारी गराए । यात्रा सम्पन्न गर्नका लागि १२ लाख बढी खर्च अनुमान गरिएको छ ।

बुटवल उपमहानगर, तिलोत्तमा नगरपालिका, देवदह नगरापलिका तथा सैनामैना नगरपालिकाको समेत सहयोग रहेको कार्यक्रमबाट यहाँको धार्मिक तथा पर्यटकी क्षेत्रको बारेमा प्रचारप्रसार तथा प्रवर्द्धन गरी पर्यटकीय विकासमा टेवा पुग्ने आयोजकले अपेक्षा गरेको छ ।

साइकल यात्राको क्रममा शुक्रबार तिलोत्तमा नगरमा पुगी ६० जना बालबालिकाहरुलाई साइकल वितरण गर्ने कार्यक्रम समेत तय गरिएको छ । स्वास्थ्य र वातावरणका लागि साइकल यात्रा गर्नु पर्ने सचेतना फैलाउन समेत यो कार्यक्रमले सहयोग गर्ने क्लबका सचिव मनि विश्वकर्माले उल्लेख गरे ।

क्लबले आगामी वर्षमा साइकल यात्राको कार्यक्रमलाई थप वृहत बनाई यो वर्ष तय गरिएका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु बाहेक अन्य स्थलहरुमा समेत पुग्ने गरी अहिलेदेखि नै कार्यक्रम योजना भइरहेको जानकारी गराए ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ७ : १५ बजे

निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव

काठमाडौँ । सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्नका लागि

काठमाडौँका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था सर्वोच्चबाट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११