४ पुस २०८२, शुक्रबार | December 20, 2025

उद्योग वाणिज्य महासंघमा अध्यक्षको प्रत्यक्ष चुनाव गर्न प्रस्ताव



काठमाडौं । निजी क्षेत्रका उद्योगीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)मा अध्यक्षको छनोट प्रत्यक्ष मतदानबाट गर्न प्रस्ताव गरिएको छ । महासंघले गठन गरेको विधान संशोधन समितिका तर्फबाट अध्यक्ष शेखर गोल्छालाई बुझाइएको महासघको विद्यमान विधान संशोधनको मस्यौदामा बरिष्ठ उपाध्यक्षको पद हटाएर अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट गर्न प्रस्ताव गरिएको हो ।

हाल महासंघमा वरिष्ठ उपाध्यक्षका लागि निर्वाचन गर्ने र वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने प्रावधान छ ।

महासंघको कार्यकारिणी समिति र साधारणसभाबाट परित भएमात्र विधान कार्यान्वयन हुनेछ । यद्यपि हालका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको हकमा भने यो व्यवस्था लागू हुनेछैन ।

महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीको सभापतित्वमा समिति गठन गरिएको थियो । समितिले यस बीचमा ११ महिना लामो गृहकार्य गरी विधानको मस्यौदा तयार पारेको थियो । समितिले महासंघ अध्यक्षको कार्यकाल घटाएर दुई वर्ष बनाउनसमेत सुझाव दिएको छ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ११ : २६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको