१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

नयाँ वर्षमा लुम्बिनीमा आठौँ सडक खाना महोत्सव हुने



भैरहवा । अंग्रेजी नयाँ वर्षको अवसरमा लुम्बिनी सांस्कृतिक तथा आठौँ सडक खाना महोत्सव हुने भएको छ । ‘लुम्बिनी सुरक्षित छ, कोभिडले डारउनु पर्ने अवस्था छैन’ भन्ने सन्देश दिदै लुम्बिनी होटल संघले १६ र १७ पुसमा नयाँ वर्ष २०२२ अवसर पारेर सडक खाना महोत्सव गर्न लागेको हो ।

कोभिडले थलिएको पर्यटन व्यवसायलाई उजागर गर्न, स्थानीय समुदायको परिकारको प्रवर्द्धन गर्न, लुम्बिनीमा पर्यटकको बसाईँ हुने गरी आन्तरिक र भारतीय पर्यटकलाई मध्येनजर गर्दै विशेष स्कीमका साथ महोत्सव गर्न लागिएको लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए ।

‘७ वटा विभिन्न विशेषता सहित यस वर्षको माहोत्सव फरक शैलीमा मनाउने गरी दुई दिन आयोजना गर्न गइरहेका छौँ, यसलाई विस्तारै साताव्यापी मनाउने गरी संघले लक्ष्य राखेका छाैं,’ अध्यक्ष ज्ञवालीले बताए ।

हाल कोभिडलाई मध्येनजर गरेर कोभिडको सर्तकता अपनाउँदै टि आकारमा महिलवार बजार र लुम्बिनीको ४, ५ नम्बर गेटसम्म सय बढी स्टल राखिने आयोजक संस्थाका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्माले जानकारी दिए ।

कार्यक्रममा खानाका विभिन्न परिकार सहित स्थानीय खानाको ब्राण्डिङ गर्ने, थारु, मगर र स्थानीय संस्कृतिको कला प्रदर्शन, स्थानीय र राष्ट्रिय कलाकारद्वारा सास्कृतिक प्रस्तुति हुनेछ । सन् २०१२ देखि हुँदै आएको महोत्सवमा यस वर्ष करिब ३३ लाख खर्च हुने र ७५ हजार बढी खाना पारखीले महोत्सवको अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

महोत्सवका लागि भनेर स्थानीय यातायात व्यसायीहरुको सहकार्यमा छोटो दूरिको लागि बुटवल, भैरहवा, सैनामैना, फायरलाइन, कपीलवस्तु छपिया लगायतका स्थानबाट नि:शुल्क यातायातको व्यवस्था समेत गरिएको संघका महासचिव पुरुषोतम अर्यालले बताए ।

लुम्बिनी क्षेत्रमा अवस्थित सम्पूर्ण होटलले खानामा विशेष छुटसहित होटलका रुममा ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छन् । लुम्बिनीमा हाल ५ हजार बेड क्षमताका करिब ९० वटा होटल छन् ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ७ : ४६ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा