७ आश्विन २०८३, बुधबार | September 23, 2026

यौनिक तथा लैङ्गिक अल्पङ्ख्यकका मुद्दामा संवेदनशील बन्न आग्रह



बुटवल । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका मुद्दालाई सञ्चार माध्यममा प्राथमिकता दिन आग्रह गरिएको छ ।

नील हिरा समाजले आज बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायसँग सम्बन्धित विषयमा समाचार दिँदा शव्दावलिमा ध्यान दिनुपर्नेमा जोड दिएका छन ।

सो अवसरमा सञ्चारिका समूहका पूर्वअध्यक्ष बबिता बस्नेतले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सवालमा सञ्चारसंस्था संवेदनशील बन्नुपर्ने बताइन । सबै सञ्चारसंस्थालाई एकैठाउँमा राखेर मूल्याङ्कन गर्न नहुने उल्लेख गर्दै उनले मूलधारका सञ्चारसंस्था भन्दा दर्ता नभएका र युट्युबमा बढी नकारात्मक सामग्री आउने गरेको बताइन । “मिडिया सामग्रीको विश्लेषण गर्दा धेरैजसो सामग्री बिकाउरुपमा आएका छन् । राम्रा कामका समाचार सकारात्मकरुपमा आए पनि वैकल्पिक मिडियामा बढी सामग्री पाइन्छ”, उनले भनिन ।

नील हिरा समाजका कार्यक्रम संयोजक भूमिका श्रेष्ठले पहिचान र अधिकारका लागि समाजले आवाज उठाउँदै आएको बताउँदै यसमा साथ दिन सबैलाई आग्रह गरिन । “कहिलेकाहीँ मिडियामा आउने सामग्रीले यौैनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायमा नकारात्मक प्रभाव पार्छ, त्यसैले मिडिया बढी संवेदनशील बन्नुपर्छ”, उनले भनिन । संयोजक श्रेष्ठले प्रदेशस्तरमा पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि समावेशी ऐन, नीति र बजेटको व्यवस्था गर्न माग गरिन ।

बियोन्ड बेइजिङ कमिटी नेपालका कोषाध्यक्ष जगजीत कौरले यौैनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सशक्तिकरणका लागि समाजका सबै पक्ष सम्वेदनशील हुनुपर्ने आवश्यकतामाथि जोड दिइन ।

पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले पत्रकारले पत्रकार आचार संहितालाई टेकेर काम गर्ने भएकाले मूलधारका मिडियामा खासै समस्या नहुने गरेको बताए । नील हिरा समाजका कार्यकारी निर्देशक मनिषा ढकालले यौैनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको राज्यका हरेक तहमा अर्थपूर्ण सहभागिता र समावेशीकरण जरुरी रहेकामा जोड दिइन । उनले यो समुदायमाथि हुने हिंसा र विभेद कम गर्न सरकारले विशेष संयन्त्र बनाउनुपर्ने बताइन ।

साहसी कदम नेपालका प्रदेश संयोजक आनिक रानाले राजनीतिक दलले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्दालाई घोषणापत्रमा समावेश गरी नीति निर्माण तहमा प्रतिनिधित्व सुनिश्चित गर्न माग गरिन ।

युवाका क्षेत्रमा कार्यरत संस्था युवाका सदस्य आस्था सुवेदीले महिला तथा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका नागरिकलाई यौनिकतासँग मात्रै जोडेर नहेर्न आग्रह गर्दै युवालाई उत्प्रेरणा दिने खालका विषयवस्तुलाई मिडियामा प्राथमिकता दिन आग्रह गरिन ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका रुविना तामाङ र टीकाराम न्यौपानेले शारीरिक अवस्था एउटा र अर्कै भावना बोकेर हिँड्न सहज नहुने भएकाले यो समुदायको भावना बुझेर कलम चलाउन पत्रकारलाई अनुरोध गरे ।

 

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ३ : ४२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई