५ पुस २०८२, शनिबार | December 20, 2025

सिर्जनानगर खानेपानी विकास निर्माण तथा बातावरण सरसफाई उपभोत्ता समितिको १४ औं बार्षिक साधारण सभा सम्पन्न



बुटवल । श्रृजनानगर खानेपानी विकास निर्माण तथा बातावरण सरसफाई उपभोत्ता समिति बुटवल ११ नहरपुर सिर्जनानगरको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

समितिका अध्यक्ष नकुल शाही ठकुरीको अध्यक्षता, पुर्व उद्योग पर्यटन बन तथा बातारण मन्त्री लिला गिरीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

सो अवसरमा बोल्दै पुर्वमन्त्री गिरीले बुटवलमा खानेपानी समस्या समधानका लागि स्थानिय तह र प्रदेश सरकारले पहल गरेको बताए । फरक प्रसंगमा उनले सुकुमबासीहरुका लागि लालपुर्जा वितरणको अन्तिम तयारीमा रहेको अवस्थामा देउवा नेतृत्वको सरकारले भुमि आयोग खारेज गरेर गरिवको छात्तिमा हान्ने काम गरेको बताए । निर्वाचनको समयमा गरिएको प्रतिबद्धता अक्षरस कार्यान्वयनका लागि स्थानिय तहका जनप्रतिनिधीहरु लागेको बताए ।

समितिका अध्यक्ष नकुल शाही ठकुरीले सरसफाई अभियानलाई प्राथमिकतामा राखेर काम गरेको बताउंदै अब खानेपानी ओभरहेड टंकि निर्माण सम्पन्न भइसकेको र अब छिट्टै सञ्चालन हुने बताए । उनले बृहत्त खानेपानी आयोजनामा थप बोरिङ गाड्ने, संस्थाका जग्गाहरु संरक्षणको निम्ती कम्पाउण्ड वाल तथा तारबारको काम बांकी रहेको बताउंदै बांकी काम छिटो सुरु गरिने बताए ।

कार्यक्रममा खानेपानी महासंघ जिल्ला सचिव यम पछाई, समाजसेवी गोपाल राना, नन्दी किशोर ढकाल, समितिका सल्लाहकार बलराम न्यौपाने लगाएतले बोल्दै पानीलाई संरक्षण गर्न हरियाली आवश्यक रहेको बताए । कार्यक्रममा आर्थिक बर्ष ०७७/०७८ को १ करोड १५ लाख ३७ हजार ९ सय ३८ रुपैया बराबरको आयव्यय प्रस्तुत गरिएको थियो ।

सो अवसरमा सृजना नगर खानेपानी आपत्तकालिन सहयोग कोष बचत समितिको ५ औं बार्षिक साधारण सभा समेत भएको थियो । समितिमा ५ सय ३४ उपभोत्ता रहेका छन् भने आपत्तकालिन कोष समितिमा २ सय ५७ जना सदस्य रहेका छन् ।
कार्यक्रम समितिका अध्यक्ष नकुल शाही ठकुरीको अध्यक्षता, उपाध्यक्ष सुर्य बहादुर रेगामीको स्वागत तथा सचिव गिता रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ३ : ४९ बजे

नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण बुटवलमा सम्पन्न

बुटवल । धर्म, संस्कार, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले