३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

माओवादी प्रदेश-२ अधिवेशनको बन्दसत्र शनिबार हुँदै, विवाद यथावत



जनकपुरधाम । नेकपा माओवादी केन्द्रको प्रथम प्रदेश-२ अधिवेशनको बन्दसत्र विवादकाबीच शनिबार सर्लाहीको लालबन्दीमा हुने भएको छ ।

अधिवेशनको उद्घाटन मंसिर २५ गते जनकपुरधाममा भएपनि बन्दसत्र भने सर्लाहीको लालबन्दी पार्टी प्यालेसमा पुस ३ गतेदेखि सुरु हुने भएको छ ।

प्रदेश-२ का सबै स्थानीय तहका नगर अधिवेशन नभएको कारण प्रदेश अधिवेशनको बन्दसत्रको समय बढाइएको थियो ।एक सप्ताह भन्दाबढी समय थपिए पनि विवाद रहेका स्थानीय तहहरुको अझै नगर अधिवेशन हुन नसकेकोले त्यसलाई यथावत् राखेर प्रदेश अधिवेशन सुरु गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ ।

प्रदेश-२ का १३६ वटा स्थानीय तहमध्ये अहिले १ सय ५ वटामा मात्र अधिवेशन भएको र बाँकी स्थानीय तहमा विवाद अझै कायम रहेको माओवादी केन्द्र प्रदेश-२ का अध्यक्ष प्रह्लाद बुढाथोकीले बताए ।

बुढाथोकीका अनुसार सप्तरीमा अहिलेसम्म १८ स्थानीय तह मध्ये ३ वटा खडक नगरपालिका, रुपणी गाउँपालिका र तिलाठी गाउँपालिका बाहेक कुनै पनि स्थानीय तहमा अहिलेसम्म अधिवेशन हुन सकेको छैन । त्यसैगरी महोत्तरीमा ४, सिरहामा ५ र सर्लाहीमा एउटा स्थानीय तहमा पनि विवादले अधिवेशन हुन सकेको छैन ।

‘यि स्थानीय तहहरुको विवाद मिलाउन सम्बन्धित जिल्लाका संयोजकहरुलाई जिम्मा दिएको छ’,  उनले भने, ‘शुक्रवार रातिसम्म विवाद मिलाउन नसकिए ति स्थानीय तहलाई वाईपास गरि शनिबारदेखि बन्दसत्र सुरु हुन्छ ।’

श्रोतका अनुसार माओवादी केन्द्रका गिरिराजमणि पोखरेल र मातृका यादव बीचको मतभेदले ति स्थानीय तहहरुको विवाद अहिलेसम्म मिलन सकेको छैन ।

प्रदेश अधिवेशन सम्पन्न नभए पनि नयाँ बन्ने प्रदेश समिति ९ जना पादधकारी सहित २७१ जनाको रहने छ । कार्यसमितिमा १ अध्यक्ष, ३ उपाध्यक्ष, १ सचिव, ३ सह–सचिव, एक कोषाध्यक्ष र बाँकी सदस्यमा रहने प्रावधान रहेको छ । त्यसैगरि , बन्दसत्रमा ७३५ प्रतिनिधि, ८४ जना मनोनित प्रतिनिधी र २१ जना केन्द्रीय सदस्यसहितका १ सय ८ जनाको आयोजक समिति अविधेशनको बन्दसत्रमा सहभागि रहेने माओवादी नेता झल्कु यादवले बताए ।

यता, माओवादीको प्रदेश अधिवेशनको शनिबारदेखि सुरु हुने बताए पनि अहिलेसम्म प्रदेशको नेतृत्वको लागि कसैले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छैनन् । माओवादीको विधान अनुसार एक व्यक्ति एउटै पदमा रहने प्रवधान रहेकोले पनि अहिले सम्म कुनैपनि नेताले औपचारिक रुपमा उम्मेदवारीको घोषणा नगरेको नेता यादवले बताए ।

माओवादीका एक नेताका अनुसार प्रदेश नेतृत्वमा प्रदेश २ का आन्तिरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साह, रामकुमार शर्मा, वर्तमान प्रदेश अध्यक्ष प्रह्लाद बुढाथोकी, वर्तमान प्रदेश सचिव श्रवण बरबरिया, प्रदेश सांसद दिलिप साह प्रदेश अध्यक्षमा आकांक्षी रहेको बताइएको छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ८ : २३ बजे

टी-२० विश्वकपमा भारत-पाकिस्तान भिडन्त : टस जितेर पाकिस्तानद्वारा पहिले बलिङको निर्णय

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत क्रिकेट जगतकै सबैभन्दा चर्चित प्रतिस्पर्धामध्ये

उद्योग, समाजसेवा र राजनीतिमा उभिएको व्यक्तित्व : चुन्नप्रसाद शर्मा पौडेल

बुटवल । समयको प्रवाहसँगै धेरै मानिसहरू जन्मन्छन् र हराउँछन्, तर

अधिकांश दलले सार्वजनिक गरे निर्वाचन घोषणापत्र

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने अधिकांश राजनीतिक

दलहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन – प्रचारदेखि आचारसम्म कडाइ

काठमाडौं । निर्वाचन आयोग ले फागुन २१ गते हुने निर्वाचनलाई

रुकुमको समग्र विकासका लागि उम्मेदवार बनेर आएँ : प्रचण्ड

रुकुमपूर्व। नेपाली कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले पुथा