३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

घोराही-तुलसीपुर फोरलेन सडक निर्माण कार्यको भाका सरेको सर्‍यै



दाङ । घोराही– तुलसीपुर फोरलेन सडक निर्माणको काम जिम्मा लिएकाहरूले फेरी कामको भाका सारेका छन् । यसअघि झण्डै एक महिना पहिले कार्य शुभारम्भ भएको भन्दै तामझाम गरेको निर्माण कम्पनीले त्यतिबेला एक सातामा काम देखिने बताएको थियो ।

तर, अहिलेसम्म कामको प्रगति देखाएको छैन । आज जिल्ला प्रशासन कार्यालयले निर्माण व्यवसायीलाई बोलाएर कामको प्रगति किन भएन भनेर प्रश्न गरेको छ ।

त्यसको जवाफमा ठेकेदार कम्पनीका प्रतिनिधि विजय पाठकले पहिलेको पेटी ठेकेदारसँगको कागजी प्रक्रिया मिलाउँदा तथा भौतिक प्रगति अघि बढाउन अपनाउनु पर्ने कानुनी र प्राविधिक प्रक्रियामा ढिलाइ हुँदा पुसको दोस्रो साताबाट काम सुरु हुने जानकारी दिए ।

पाठकले कामको जिम्मा लिएको पहिलो ठेकेदारको लापरबाहीका कारण कागजी र कानुनी प्रक्रिया मिलाउँदा काम गर्न ढिलाइ भएको जानकारी गराउँदै प्रहरी प्रशासन र सडकको इन्जिनियरिङ गरेको कन्सल्टेन्सीले कागजात उपलब्ध गराएसँगै कामको प्रक्रिया अघि बढेको बताए ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले अहिले भौतिक प्रगति नदेखिँदा सबैलाई काम किन भएन भनेर जिज्ञासा हुनु स्वाभाविक भएको बताउँदै ठेकेदारले यसअघि काम गर्छु भनेर जिम्मा लिएको निर्माण पक्षले चरम लापरबाही गरिदिँदा सबैलाई दुःख भएको बताए ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ९ : १७ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र