२३ बैशाख २०८१, आइतबार | May 5, 2024

न्युज पोर्टलका लागि पनि लोककल्याणकारी विज्ञापन : अध्यक्ष हुमागाई



खोटाङ । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले न्युज पोर्टलका लागि लोककल्याणकारी विज्ञापन उपलव्ध गराउन पहल गर्ने बताएका छन् ।

छापा माध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशन र भुक्तानीको विषयमा शुक्रबार खोटाङका पत्रकारसँगको छलफलमा अध्यक्ष हुमागाईले हालसम्म सरकारले बजेट भाषणमा न्युज पोर्टललाई लोककल्याणकारी विज्ञापन उपलव्ध गराउने नीति ल्याए पनि बजेट व्यवस्था गर्न नसकेको बताए ।

अध्यक्ष हुमागाईले पत्रपत्रिकालाई जस्तै कम्तीमा एक जना कर्मचारीलाई मासिक तलव खुवाउन पुग्नेगरी न्युज पोर्टललाई लोककल्याणकारी विज्ञापन उपलव्ध गराउनका लागि बजेट व्यवस्थाका लागि पहल गर्ने बताएका हुन् ।

हुमागाईले लोककल्याणकारी विज्ञापनका लागि एफएमरटिभीजस्ता विद्युतीय सञ्चारमाध्यमले १२ पुसभित्र सूचीकरणका लागि आवेदन आह्वान गरिएको जानकारी दिए । ‘विद्युतीय सञ्चार माध्यमको सूचीकरणका लागि सुचना प्रकाशन गरिएको छ ।

१२ पुसभित्रमा सूचीकरण गरिसक्नुपर्ने छ,’ हुमागाईले भने, ‘सूचीकरण भइसकेपछि लोककल्याणकारी विज्ञापनका लागि आवेदन दिनुपर्ने छ । त्यो काम भएपछि लोककल्याण विज्ञापन प्रशारणका लागि पठाइने छ ।’

अध्यक्ष हुमागाईले लोककल्याणकारी विज्ञापनको प्रकाशन तथा प्रकाशनका सन्दर्भमा विद्यमान कानून संशोधनको तयारी भइरहेको जानकारी दिए । ‘यसका लागि कार्यदल गठन भइसकेको छ,’ उनले भने, ‘त्यस कार्यदललाई दिइने फिडव्याक संकलनका लागि पनि फिल्डमै अध्ययनमा हिँडेका हौँ ।’

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ७ : १५ बजे

काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

सेयर बजारमा २४.५८ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको

जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा

कर्णाली हाफ म्याराथनमा ज्ञान खाद्यान्नको साथ

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम