४ पुस २०८२, शुक्रबार | December 19, 2025

दुर्गम र विकट क्षेत्रका पत्रकारलाई घुम्ती शिविरबाट प्रेस पास वितरण



म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोममा सम्पन्न घुम्ती शिविरबाट दुर्गम र विकट क्षेत्रका पत्रकारलाई राहत मिलेको छ ।

जिल्लामै पत्रकार परिचयपत्र (प्रेस पास) र अनलाइन दर्ता तथा नवीकरणको सुविधा पाएपछि मुस्ताङ र म्याग्दीका पत्रकारलाई राहत मिलेको हो । सूचना तथा प्रसारण विभागको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको शिविर र क्षमता अभिवृद्धि तालिमबाट मुस्ताङ र म्याग्दीका ३० पत्रकार लाभान्वित भएका छन् ।

नेपाल पत्रकार महासङ्घ मुस्ताङ शाखासँगको सहकार्यमा दुई दिन सञ्चालन भएको शिविरमा पत्रकार परिचयपत्र र अनलाइन सञ्चारमाध्यमको दर्ता प्रमाणपत्र वितरण तथा नवीकरण सेवा दिइएको सूचना विभागका शाखा अधिकृत वसन्तबहादुर खत्रीले जानकारी दिएका छन् ।

‘१३ लाई पत्रकार परिचयपत्र ९प्रेस पास० वितरण, सात वटा पत्रकार परिचयपत्र नवीकरण र एक प्रेस पास प्रतिलिपि जारी भएको छ’, उनले भने, ‘म्याग्दीका तीन र मुस्ताङका एक नयाँ अनलाइन सञ्चारमाध्यम दर्ता भएका छन् ।’ म्याग्दीबाट सञ्चालन हुने तीनवटा अनलाइन नवीकरण भएको छ ।

मुस्ताङ र म्याग्दीका २३ पत्रकारलाई प्रशिक्षक डा विजय मिश्रले क्षमता अभिवृद्धि तालिम दिएका थिए । हिमाली, दुर्गम र पिछडिएको क्षेत्रका पत्रकारलाई जिल्लामै पुगेर सेवा दिइएको शाखा अधिकृत खत्रीले बताए ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ७ : ४४ बजे

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,