१९ बैशाख २०८१, बुधबार | May 2, 2024

६७ देशबाट नेपाल आउँदा सात दिन होटल क्वारेन्टीन अनिवार्य (सूचीसहित)



काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोन फैलिएका ६७ देशबाट नेपाल आउँदा सात दिन होटल क्वारेन्टीन बस्न अनिवार्य गरिएको छ ।

ओमीक्रोन संक्रमण फैलिएका ती देशहरुबाट नेपाल आउनेहरुबाट नेपालमा संक्रमण भित्रन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै अध्यागमन विभागले ६७ देशबाट नेपाल प्रवेशगर्ने जो कोहीलाई नेपाल प्रवेश गर्दा अनिवार्य क्वारिन्टेन बस्नुपर्ने व्यवस्था गरेको हो । विभागले आज एक विज्ञप्ति प्रकाशित गर्दै विभिन्न ६७ देशबाट नेपाल आउनेहरूलाई होटल क्वारेन्टीन अनिवार्य गरेको जनाएको छ । होटल क्वारेन्टीन बस्दाको खर्च स्वयम व्यक्ति आफैले नै तिर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विभागकाअनुसार, ७ दिन होटल क्वारेन्टीन पछि मात्र कोरोना परीक्षण गराउनु पर्ने र रिपोर्ट नेगेटिभ आए फेरि ७ दिन घरमै क्वरेण्टीन बस्नुपर्नेछ ।

नतिजा पोजिटिभ आएका व्यक्तिलाई तोकिएका आइसोलेशन केन्द्र वा अस्पताल राखिने विभागले जनाएको छ । छिमेकी देश भारतसहित एसियाली देशहरुमा पनि ओमिक्रोन फैलिँदै गएको भन्दै नेपाल प्रवेशमा कडाइ गरिएको हो ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ९ : ५१ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी