१ पुस २०८२, मंगलबार | December 17, 2025

ए डिभिजन लिग : मनाङ र पुलिसबीच प्रतिश्पर्धा



पोखरा । सहिद स्मारक राष्ट्रिय ‘ए’ डिभिजन लिग पहिलो पटक काठमाडौं बाहिर निस्किएको छ । यो सिजनको लिगअन्तर्गत केही खेलहरू पोखरा ल्याइएको हो । मनाङ मर्स्याङ्दी क्लबले पोखरालाई घरेलु मैदान मानेको छ ।

घरेलु मैदानमा मनाङले आज नेपाल पुलिस क्लबसँग प्रतिश्पर्धा हुनेछ । यसै वर्षदेखि राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशालालाई मनाङको होम ग्राउन्ड स्वीकृति दिएको हो ।

दुवै टिमका लागि पोखरा रंगशाला नौलो होइन । आहा रारा गोल्डकपमा यी दुई टिम धेरै पटक आमनेसामने भएका छन् । आठ पटकको प्रतिश्पर्धामा धेरै पटक पुलिसले जितेको छ । चार पटकको फाईनल भिडन्तमा भने पुलिसलाई मनाङले तीन पटक पराजित गरेको छ । दुवै टिमले यही रंगशालामा ६-६ पटक आहा राराको उपाधि जितेका छन् ।

राजेन्द्र तामाङको प्रशिक्षणमा रहेको मनाङका लागि यो शनिबारको खेल निकै महत्वपूर्ण हुनेछ । किनकी घरेलु मैदानको स्वकृति पाएपछि यही खेल पहिलो हो, उसका लागि । प्रशिक्षक तामाङ ३ अंकका लागि आफूहरुले प्रतिश्पर्धा गर्ने बताउँछन् । ‘पहिलै खेलबाट ३ अंक जोड्छौं । हामी जित्नका लागि खेल्दैछौं,’ उनले भने, ‘तर पोखरा रंगशाला हाम्रा लागि भन्दा पुलिसका लागि सफल छ । नकआउट र लिग फरक हो । हामी जित्छौं, यसपालि ।’

पुलिसका प्रशिक्षक अनन्त थापा पनि जित्नकै लागि पोखरा आएको बताउँछन् । ‘यो खेल जति मनाङको लागि महत्वपूर्ण छ, उति हाम्रा लागि पनि अत्यावश्यक छ । जित्नकै लागि हामी प्रतिश्पर्धा गर्छौं,’ उनले भने, ‘मनाङसँगको खेल सजिलो छैन । तै पनि राम्रो नतिजा निकाल्छौं ।’ मनाङलाई घरेलु मैदानको फाईदा रहेको उनले बताए ।

मनाङ तीन विदेशी खेलाडीसहित पुलिसविरुद्धको प्रतिश्पर्धामा होमिएको छ । अहिले मनाङ १० अंकसहित दोस्रो स्थानमा छ । लिग तालिकाको शीर्षस्थानमा उक्लन मनाङलाई शनिबारको खेल जित्नै पर्ने दबाब छ । शुक्रबारको खेलमा संकटाले मच्छिन्द्रलाई बराबरीमा रोकेपछि मनाङले पुलिसलाई हराउँदै शीर्षमा उक्लने मौका पाएको हो । मनाङले यसपछि पुस १७ र २४ पुस पनि खेल्नेछ । मनाङ र पुलिसबीचको खेल हेर्न एक सय र तीन सयको टिकट शल्क तोकिएको छ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  २ : ५७ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष