५ पुस २०८२, शनिबार | December 20, 2025

गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान



बुटवल । रामनगर सामुदायिक वनले आफ्नो १२ औ वार्षिक साधारण सभा तथा पाचौ अधिवेशनको अवसर पारेर १० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

सामुदायिक विद्यालयमा अध्यननरत आर्थिक अवस्था कमजोर भएकालाई सो सहयोग गरीएको हो । त्यस्तै नौ जना अपाङ्ख तथा तिन बृद्ध बृद्धालाई सम्मान गरीएको रामनगर सामुदायिक वनका अध्यक्ष क्या किशन बहादुुर थापाले जानकारी दिए ।

कार्यक्रममा प्रमुुख अतीथीको मन्तब्य राख्ने क्रममा डिभिजन बन कार्यालय रुपन्देहीका प्रमुुख बोधराज सुवेदीले लोकतन्त्रको सफलता मध्येमा सामुुदायिक वन रहेको बताए । अब समुदायको वनमा कसैले पनी हस्तक्षेप नगर्ने बताए । यसका माध्यमबाट पर्याबरण जोगाउन ठुलो मद्धत पुगेको उनले बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा न १० का अध्यक्ष पदम थापाले वन संरक्षण र प्रबद्र्धनमा वडाले सहयोग प्रदान गर्दे आएकाले आगामी दिनमा पनि सक्दो सहयोग गर्ने बाचा गरे ।

त्यस्तै तिलोत्तमा सब डिभिजन प्रमुुख सुर्य प्रसाद मैनाली, सल्लाहकार खड्ग महत, कालिका मानब ज्ञान माविका अध्यक्ष होम गलामी, कालिका क्याम्पसका प्राचार्य घनस्याम पाठक सामुदायिक वन उपभोक्ता महासंघ रुपन्देहीका सचिव श्यामकला आचार्य, नेकपा एमाले बुटवल नगरका अध्यक्ष किशन ज्ञवाली, शंकरनगर सामुदायिक वनका अध्यक्ष रबीन्द्र बस्नेत, माओवादी केन्द्रका युवराज ढकाल लगायतले सामुदायिक वन मध्येमा पनि रामनगर सामुदायिक वनले गरेको कार्यलाई प्रशंसा गरेका थिए ।

कार्यक्रम संस्थाका उपाध्यक्ष यमुना काउचाको स्वागत सचिव पुर्णकला पराजुुलीको संचालन तथा अध्यक्ष किशन बहादुर थापको अध्यक्षतामा सम्पन्न भएको छ । सो अधिवेशनले नया नेतृत्व समेत चयन गर्नेछ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ४ : ३६ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य