३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

प्रधानमन्त्री देउवाले डाके सर्वदलीय बैठक, संसद सुचारु गर्ने र एमसीसी प्रमुख एजेण्डा



काठमाडौं । लामो समय देखि अवरुद्ध संसद सुचारु गराउने प्रयास स्वरुप प्रधानमन्त्री शेरबहादुर देउवाले आईतबारकालागि सर्वदलीय बैठक डाकेका छन् । आइतबार दिउँसो ४ बजेका बैठक बोलाइएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संसद्को गतिरोध अन्त्य गर्ने उद्देश्यका साथ आईतबारका लागि प्रधानमन्त्रीबाट सर्वदलीय बैठक आह्वान भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले पुष्टी गरे । प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै प्रधानमन्त्री देउवाले संसद सुचारु भएको देख्न पाएका छैनन् । आफुले कारवाही गरेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहतिका नेताहरुको सांसद पद खारेजीको सूचना प्रकाशित नगर्दासम्म संसद चल्न नदिने अडानमा अहिले पनि एमाले कायम छ । एमालेकै कारण संसद एकदिन पनि सहज चल्न सकेको छैन ।

शुक्रबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा सर्वदलीय बैठक बोलाउन प्रचण्डले प्रधानमन्त्री देउवालाई सुझाएका थिए । बालुवाटारमा भएको भेटवार्तामा संसदमा भइरहेको अवरोध हटाउने तथा एमसीसीको विषयमा पनि छलफल गर्न सर्वदलीय बैठक बोलाएर अघि बढ्नुपर्ने विषयमा प्रधानमन्त्री र प्रचण्डबीच सहमति भएको थियो ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ५ : ०२ बजे

मलङ्गवामा सव–इञ्जिनियरको गोली हानी हत्या

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिका–१० मा आज साँझ सव–इञ्जिनियरको

भ्रामक सूचनाको पछि नलागि एचपिभी खोप लगाउन आग्रह

काठमाडौँ । सरकारले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा

पेट्रोलियम पदार्थको बढ्यो मूल्य

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल

नेपालको समाजवाद समुदायमा आधारित हुन्छ : संयोजक प्रचण्ड

रुकुम । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालको

टी-२० विश्वकपमा भारत-पाकिस्तान भिडन्त : टस जितेर पाकिस्तानद्वारा पहिले बलिङको निर्णय

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत क्रिकेट जगतकै सबैभन्दा चर्चित प्रतिस्पर्धामध्ये