२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्न लागेको छ ।

आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको छ । संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई बैठकमा आमन्त्रण गरिएको छ ।

सर्वदलीय बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । विशेष गरेर संसद्मा भइरहेको अवरोध हटाउने विषयमा छलफल केन्द्रित हुने जनाइएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग गर्दै नेकपा ९एमाले०ले संसद् अवरुद्ध गर्दै आएको छ । जसले गर्दा संसद्को कामकारबाही अघि बढ्न सकेको छैन ।

सर्वदलीय बैठक अघि सत्तारुढ गठबन्धनको बैठक बस्ने जनाइएको छ । दिउसो २ बजे गठबन्धनको बैठक बस्ने सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा छन् । पाँचै दलका शीर्ष नेता बैठकमा सहभागी हुनेछन् ।

तर एमाले नेताहरुले भने सर्वदलीय बैठकमा सहभागी नहुने जनाएका छन् । एकीकृत समाजवादीका नेताहरुलाई बोलाएकाले बैठकमा सहभागी नहुने नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । एमाले विभाजन भएर एकीकृत समाजवादी बनेको हो ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ८ : ३४ बजे

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर । चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका

डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

काठमाडौं । नेपाल विश्व व्यापार संगठन (डब्ल्यूटीओ) व्यापार तथा वातावरण

पश्चिम एसियामा अलपत्र नेपालीको उद्धार : निगमद्वारा विशेष उद्धार उडान आज पनि

काठमाडौं । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने