८ बैशाख २०८१, शनिबार | April 20, 2024

प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्न लागेको छ ।

आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको छ । संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई बैठकमा आमन्त्रण गरिएको छ ।

सर्वदलीय बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । विशेष गरेर संसद्मा भइरहेको अवरोध हटाउने विषयमा छलफल केन्द्रित हुने जनाइएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग गर्दै नेकपा ९एमाले०ले संसद् अवरुद्ध गर्दै आएको छ । जसले गर्दा संसद्को कामकारबाही अघि बढ्न सकेको छैन ।

सर्वदलीय बैठक अघि सत्तारुढ गठबन्धनको बैठक बस्ने जनाइएको छ । दिउसो २ बजे गठबन्धनको बैठक बस्ने सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा छन् । पाँचै दलका शीर्ष नेता बैठकमा सहभागी हुनेछन् ।

तर एमाले नेताहरुले भने सर्वदलीय बैठकमा सहभागी नहुने जनाएका छन् । एकीकृत समाजवादीका नेताहरुलाई बोलाएकाले बैठकमा सहभागी नहुने नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । एमाले विभाजन भएर एकीकृत समाजवादी बनेको हो ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ८ : ३४ बजे

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका