८ बैशाख २०८१, शनिबार | April 20, 2024

आज सर्वदलीय बैठक बस्दै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा मंगलबार सर्वदलीय बैठक बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको छ ।

समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीको आह्वानमा बैठक बोलाइएको हो ।

राजतन्त्र पक्षधरको प्रदर्शनका विषयमा पनि छलफल हुने भएको छ । त्यस्तै, कोभिड १९ को महामारी र यसले पारिरहेको संकटबारे पनि छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री ओलीले दलबीच एकता र राष्ट्रिय सहमति कायम गराउन सर्वदलीय बैठक बोलाउँदै आएका छन् । नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरामा सीमा विवादका विषयमा छलफल गर्न वैशाख ३१ मा पनि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका थिए ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ७ : २३ बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं । । नेपाल हङकङसँग पराजित भएको छ । एसीसी

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले