३ पुस २०८२, बिहिबार | December 18, 2025

एमसीसीका बारे आफ्नै कार्यकर्तासँग डराए प्रचण्ड, माओवादी राष्ट्रिय सम्मेलनअघि एमसीसी नबढाउन प्रचण्डको आग्रह



काठमाडौं । सत्तारुढ गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई राष्ट्रिय सम्मेलनअगाडि संसद बैठकमा पेश नगर्न आग्रह गरेका छन् ।

सत्तारुढ गठबन्धनको बैठक जारी रहेको बखतमा अध्यक्ष प्रचण्डले ११–१३ मंसिरमा हुने राष्ट्रिय सम्मेलन अगाडि संसदमा एमसीसी प्रस्ताव पेश नगर्न आग्रह गरेका हुन् । ‘पार्टीको राष्ट्रिय सम्मेलनअघि संसद बैठकमा एमसीसी प्रस्ताव नहुने अध्यक्षको धारणा छ,’ दाहालका स्वकीय सचिव रमेश मल्लले भने, ‘प्रधानमन्त्री समक्ष एक चरण कुरा भए पनि थप छलफल आजको बैठकमा हुनेछ ।’ उनका अनुसार सत्तारुढ गठबन्धनमा बैठकमा प्रचण्डले राख्ने प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवाले के गर्नेछन ? त्यो भने प्रतिक्षाको बिषय बनेको छ ।

माओवादी केन्द्रले ११–१३ पुसको सम्मेलन आउन एक साता मात्रै बाँकी रहेको र अहिले नै संसदमा पेश गर्दा पार्टीमा बहसको बिषय हुने भन्दै सम्मेलनपछि मात्रै एमसीसीलाई संसदमा लैजान आग्रह गरेका हो । प्रधानमन्त्री देउवा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रस्तावमा सकारात्मक रहेको पनि माओवादी नेताहरूले जनाएका छन् ।

 

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ५ : ३९ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल