३ पुस २०८२, बिहिबार | December 18, 2025

सकियो सर्वदलीय बैठक, एमालेबाट बैठक बहिस्कार



काठमाडौं । प्रधानन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सकिएको छ । संसदमा भइरहेको लगातारको अवरोध हटाउने प्रयास स्वरुप बोलाइएको बैठकमा संसद अवरोध गर्ने प्रमुख विपक्षी दल एमाले अनुपस्थित रहेपछि एमालेले उठाएको मागका विषयमा छलफल गर्न सरकार तयार हुने सहमति गर्दै बैठक सकिएको छ । बैठकले प्रमुख प्रतिपक्ष नेकपा एमालेले उठाएको विषयमा छलफल गर्न सरकार तयार हुने निष्कर्ष निकालेको छ ।

आइतबार प्रमुख प्रतिपक्षी नेकपा एमाले बाहेक संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठकपछि बालुवाटारमा सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले प्रतिपक्षले उठाएको विषयमा छलफल गर्न सरकार तयार रहेको बताएका हुन् ।

सर्वदलीय बैठकमा संघीय संसद अवरुद्ध हुँदा नियमित काम र भूमिका प्रभावित भएको बारे छलफल भएको उनले जानकारी दिए ।

‘संसदलाई लामो समय बन्धक बनाउनु राम्रो होइन, शशक्त प्रतिपक्ष हुनुपर्छ भन्दैमा संसद चल्न नदिने भन्ने हुँदैन,’ उनले भने, ‘संसद निरन्तर अवरुद्ध हुँदा लोकतन्त्र कमजोर हुन्छ भन्नेबारे बैठकमा छलफल भयो ।’

प्रधानमन्त्री देउवाले संसद गतिरोध र एमसीसीका सम्बन्धमा दलहरुबीच समान धारणा बनाउन सर्वदलीय बैठक आह्वान गरेका थिए ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ६ : १८ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल