१३ असार २०८३, शनिबार | June 27, 2026

खेलाडीहरुलाई खेलकुद मन्त्रीले भने- ‘तपाईहरु जितेर फर्कनुहोस, म बिमानस्थलमा स्वागतकालागि आफै उपस्थित हुनेछु’



काठमाण्डौं । बंगलादेशमा हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागी हुने नेपाली भलिबल टिमलाई बिदाई गरीएको छ । आईतबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बंगलादेश जाने राष्ट्रिय महिला तथा पुरुष भलिबल टिमलाई बिदाई गरेका हुन् ।

डिसेम्बर २१ देखि २९ सम्म बंगलादेशमा हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक, अफिसियललाई बिदाई गर्दै मन्त्री अथकले उद्धेश्य प्राप्तीकालागि शुभकामना समेत दिए ।

नेपालको राष्ट्रिय खेलका रुपमा रहेको भलिवलको संस्थागत विकासमा उल्लेख्य काम हुन नसकेता पनि खेलाडीहरुले अन्तराष्ट्रिय स्तरमा राम्रो नतिजा निकाल्न सफल भएको उल्लेख गर्दै मन्त्री अथकले भने, “तपाईहरु जितेर फर्कनुहोस, म बिमानस्थलमा स्वागतकालागि आफै उपस्थित हुनेछु ।”

नेपाली टिम सोमबार मध्यान्न बंगलादेश उड्ने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ८ : ०० बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट