१८ आश्विन २०८३, आइतबार | October 4, 2026

प्रकाश बहादुर श्रेष्ठको नेतृत्वमा पूर्व खेलाडी समाज गठन



नेपालगन्ज । बाँकेमा रहेका पूर्व खेलाडीहरुलाई संगठित गर्दै पूर्व खेलाडी समाजको प्रथम बाँके अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट प्रकाश बहादुर श्रेष्ठको अध्यक्षतामा पूर्व खेलाडी समाज बाँकेको १३ सदस्यीय कार्यसमिती निर्बिरोध निर्बाचित भएको छ। बुधवार नेपालगन्जमा सम्पन्न समाजको प्रथम साधारणसभा तथा अधिवेशनबाट उक्त कार्यसमिती निर्बिरोध निर्बाचित भएको हो।

समाजका बरिष्ठ उपाध्यक्षमा निजामुद्दिन सिद्दीकी, उपाध्यक्षमा शान्ती सिंह क्षेत्री, महासचिवमा जयन्त कुमार शर्मा, सचिवमा नरेन्द्र थापा, सहसचिवमा अभय कुमार बस्नेत र कोषाध्यक्षमा बिरेन्द्रमान श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा गोबिन्द प्रसाद श्रेष्ठ, राकेश श्रीवास्तव, मनोज कुमार श्रेष्ठ, चन्द्र बहादुर गुरुङ, आशा बिष्ट र पार्वती थापा क्षेत्री रहेका छन। निर्वाचन समिती प्रमुख शिव कुमार श्रेष्ठले सम्पुर्ण कार्यसमिती निर्बिरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

यस अघि समाजको तदर्थ समितिका अध्यक्ष प्रकाश बहादुर श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन सत्रमा प्रमुख अतिथी ओलम्पियन तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुरेन्द्र बहादुर हमालले पानसमा दीप प्रज्ज्वलन गरि कार्यक्रमको उदघाटन गरेका थिए । उनले नवनिर्वाचित अध्यक्ष एवम् पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा नेपालगन्ज म्याराथनका संस्थापक एवम् कृयटिभ ह्याण्डसका अध्यक्ष टि यस ठकुरी, नेपालगन्ज उपमहानगर पालिका वडा नम्बर २ का अध्यक्ष मनोज कुमार श्रेष्ठले नवनिर्वाैचित समाजको कार्यसमितिलाई सफलताको शुभकामना दिएका थिए ।

यसैबीच बुधवारै समाजको पहिलो बैठक बसेर विभिन्न निर्णयहरु गरेको छ। बैठकले सधारणसभा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन समिती, वडा नम्बर २ को कार्यालय लगायत सम्पुर्णलाई धन्यबाद ज्ञापन गरेको छ भने केही साताभित्रै भलिबल, शारीरिक सुगठन र ब्याडमिन्टन प्रतियोगिता आयोजन गर्ने निर्णय गरिएको नव निर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  १० : २१ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान महाधिवेशन

उद्योगी व्यवसायीको राजनीतिमा महत्वपूर्ण भूमिका हुने

नेपालगन्ज । एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघले नेपालगन्जमा

तल्लो सिद्धबाबामा मोटरसाइकल दुर्घटनाहुँदा गुल्मीका युवकको मृत्यु

पाल्पा । जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै

मंसिर १६-२७ गतेसम्म सुर्खेतमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने, ३२ खेल समावेश

सुर्खेत । आगामी मंसिर १६–२७ गतेम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति