१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

मेलम्चीको विकल्पमा १३ वटा ‘डिप बोरिङ’ जडान हुँदै



काठमाडौं । मेलम्ची नआउन्जेलसम्म काठमाडौं उपत्यकामा पानीको अभाव हुन नदिन काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले थप १३ वटा ‘डिप बोरिङ’ जडान गरी दैनिक एक करोड ३० लाख लिटर पानीको उत्पादन थप्ने योजना बनाएको छ ।

त्यसमध्ये तीनवटा जडान भई सञ्चालनमा आइसकेका छन् भने १० वटा जडानका लागि ठाउँ पहिचान भई अहिले अध्ययन कार्य भइरहेको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख मिलन शाक्यले उपत्यकामा मेलम्चीको पानी आउन समय लाग्ने देखिएकाले त्यसको विकल्पको रूपमा उपत्यकाको १३ वटा ठाउँमा नयाँ ‘डिप बोरिङ’ जडान गरी एक करोड ३० लाख लिटर पानीको उत्पादन थप गर्न लागिएको जानकारी दिए ।

उनले उपत्यकामा मेलम्चीको पानी पुनः वितरण सुरु नभएसम्म पानीको अभाव हुन नदिन पानीको उत्पादन थप गर्न लागिएको स्पष्ट पारे ।

उनले अबको दुई महिनामा अध्ययन सम्पन भई निर्माण कार्य सुरु हुने बताए । दसवटा जडान भई सञ्चालनमा आइसकेपछि वितरण प्रणालीमा दैनिक थप एक करोड लिटर पानी थप हुने बताए ।

उपत्यकामा भएका पानीका स्रोतहरूको संरक्षण गर्दै पानीको उत्पादन थप्न लागिएको बताउँदै उनले भने, ‘‘केयूकेएलले अहिले सञ्चालनमा रहेका ३५ वटा सतहगत मुहानलाई सफा र मर्मतसम्भार गरी बढीभन्दा बढी पानी पोखरीमा ल्याउने, चुहावट भइरहेको पाइएमा ७२ घण्टाभित्र मर्मत गर्ने र सुक्खा ठाउँहरूमा ट्याङ्करबाट समेत पानी वितरण गर्ने कार्यक्रम अगाडि बढाइएको छ । ’’ आजको गोरखापत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ७ : ४६ बजे

यातायात कार्यालय बुटवलबाट दुई जना विचौलिया पक्राउ

बुटवल । यातायात व्यवस्था कार्यालय, बुटवल परिसरबाट प्रहरीले दुई जना

डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुख

जनताप्रति उत्तरदायी बन्न सरकारलाई राप्रपाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले

गृहमन्त्री गुरुङद्वारा तीन अध्यादेश पेस

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा तथा १४ अधिवेशनको तयारी पुरा

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा