४ पुस २०८२, शुक्रबार | December 20, 2025

मकवानपुरमा ४६ हजार मेट्रिक टन धान उत्पादन



हेटौंडा । मकवानपुरमा यसवर्ष ४६ हजार ६७७ मेट्रिकटन धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रको अनुसार गत वर्षका तुलनामा यसवर्ष जिल्लामा उत्पादनमा वृद्धि भएको हो ।

गतवर्ष ४४ हजार ४० मेट्रिकटन उत्पादन भएकामा यसवर्ष ४६ हजार ६७७ मेट्रिकटन उत्पादन भएको केन्द्रका सूचना अधिकारी मिनबहादुर पुनले जानकारी दिए । उनका अनुसार यस वर्ष दुई हजार २५७ मेट्रिक टनले उत्पादन बढेको हो । जिल्लामा यसवर्ष ३।७४ प्रतिहेक्टर उत्पादकत्व भएकामा गत वर्ष ३।७ प्रतिहेक्टर उत्पादकत्व रहेको थियो । उनले आधुनिक कृषि प्रणाली, सिँचाइ सुविधा, कृषकमा कृषिसम्बन्धी ज्ञान तथा उन्नत बीउबीजनका कारण जिल्लामा धान उत्पादन बढेको जनाइएको छ ।

जिल्लामा कूल १३ हजार ४२० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको उहाँको भनाइ छ । उक्त क्षेत्रफलमा अनुमानित ५० हजार १९० मेट्रिकटन उत्पादन हुनुपर्नेमा बेमौसमी वर्षाले तीन हजार ५१३ मेट्रिकटन धान क्षति भएको सूचना अधिकारी पुनले बताए ।

जिल्लामा सावित्री, सावा, रामधान, मकवानपुरे, वार लगायतका धान लगाइन्छ । जिल्लाका सबै स्थानीय तहमा धान खेती हुने गरेको छ । सबैभन्दा धेरै मनहरि गाउँपालिकामा धान खेती हुने गरेको छ । त्यहाँ तीन हजार ९ २५ हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने गरेको छ ।

हेटौँडा उपमहानगरपालिकामा दुई हजार, थाहा नगरपालिकामा २००, बागमतीमा दुई हजार ७००, बकैयामा एक हजार ७००, मकवानपुरगढीमा एक हजार ४००, कैलाशमा एक हजार १००, भिमफेदीमा २००, राक्सिराङमा १५० र इन्द्रसरोबर गाउँपालिकामा ४५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  १० : ५४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको