३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

राजनीतिक र आर्थिक संकटको समाधान निर्वाचन : एमाले उपाध्यक्ष पाण्डे



चितवन । नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशको वर्तमान राजनीतिक र आर्थिक संकटको समाधान निर्वाचनबाटै हुने बताएका छन् । सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै पाण्डेले राजनीतिक र आर्थिक रुपले देशको स्थिति गम्भिर अवस्थामा पुगिसकेको बताए ।

देशको तीनवटै प्रणाली काम गर्न नसक्ने अवस्थामा पुगेको भन्दै उनले वर्तमान संकटको समाधान लोकतान्त्रिक प्रणालीबाट नखोजिए गम्भीर संकट पैदा हुने भन्दै वर्तमान संकटको समाधान निर्वाचनबाटै हुने उनले बताए ।

‘कुनै पनि क्षण देशले निर्वाचनतर्फ जान खोजेको हो कि भन्ने देख्छु’, उनले भने, ‘अर्थतन्त्रमा केहि गम्भीर नकारात्मक लक्षणहरू पनि देखापरेका छन् ।’ १४ महिनालाई धान्ने भनिएको वैदेशिक मुद्राको संचिती सात महिनामै अपुग देखिएको उनले बताए ।

आयात तीव्र रुपमा बढेर व्यापार घाटा चुलिएको र रेमिट्यान्स घटेको भन्दै उनले अर्थतन्त्रका सबै इन्डिकेटर खराब भइसकेको उनले बताए । ‘पर्याप्त वैदेशिक मुद्राको संचिती भएन भने अनेक सर्तमा ऋण लिनुपर्ने अवस्था आउँछ । त्यसका लागि धेरै मूल्य चुकाउनुपर्छ’, उनले भने ।

सरकारले भर्खर मात्रै ४० अर्ब ऋण लिन खोजेको भन्दै त्यसले मात्रै नपुग्ने उनले बताए । ‘पाँच महिनामा पुंजिगत खर्च ६ प्रतिशत मात्रै छ । सरकारले राजस्व लिइरहेको छ । तर, खर्च गर्न सकेको छैन, जसका कारण बैंकहरूमा तरलताको अभाव भएको छ’, उनले भने ।

‘एमसिसीको विषयमा गठबन्धनभित्रै विमति’

मिलेनियम च्यालेन्स कर्पोरेशन ९एमसिसी०को विषयमा सत्तारुढ गठबन्धनभित्रै विमति रहेको पाण्डेले बताए । प्रधानमन्त्री र अन्य दलहरु बीच नै गम्भिर असहमति देखिन्छ । ‘यसले नेपालको राजनीतिक संकटलाई थप गहिराउने हो कि भन्ने अवस्था देखा पर्दैछ’, उनले भने ।

एमसीसीको विषयमा सत्तारुढ दलभित्रै असमझदारी रहेकाले सत्तारुढ दलले धारणा बनाएपछि मात्र एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने उनले बताए । एमसीसीको अन्योलताले वैदेशिक सहायताको विषयमा अमेरिकासँगको सम्बन्ध कमजोर हुन सक्ने पनि उनले बताए ।

वर्तमान अवस्थाको समाधान बुद्धिमता ढंगले गर्नुपर्ने भएपनि सरकार त्यसतर्फ नलागेको उनको भनाइ छ । संकट समाधानका लागि एमालेले सहि ढंगले सहयोग गर्ने उनले बताए ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  २ : २७ बजे

‘सिचाङबाट नेपालले सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक विकासम्म सिक्न सक्छ’

काठमाडौं । पूर्वउपसभामुख एवं सांसद इन्दिरा रानामगरले चीनको सिचाङबाट नेपालले

कांग्रेस सभापति गगन थापाले भोलि फुलपातीको दिन शपथ लिने

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले फुलपातिको दिन शनिबार दिउँसो

दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र

मधेस प्रदेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

जनकपुरधाम । मधेस प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट

चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएसमा मात्रै ११० वृद्धि

काठमाडौं । सरकारले चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रममा ४१८ सिट