काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले फुलपातिको दिन शनिबार दिउँसो शपथ गहण गर्ने भएका छन् ।
शुक्रबार कांग्रेसले एक विज्ञप्ति जारी गरी १५औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थापाको शनिबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा शपथ ग्रहणको कार्यक्रम रहेको जानकारी गराएको हो ।
१५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको २३१ पदको निर्वाचनको मतगणना शुक्रबार बिहान सम्पन्न भएको हो । शनिबार सभापतिको मात्र शपथ हुने र अन्य पदाधिकारी र केन्द्रीय सदस्यको दसैंपछि शपथ हुने बताइएको छ ।


















प्रतिक्रिया