३ फाल्गुन २०८२, आइतबार | February 16, 2026

उपाध्यक्ष र प्रशासकीय अधिकृतको मिलेमतोमा किर्ते कागजात पेस, नियुक्त हुनु अघिकै मितिमा सिफारिस



जनकपुरधाम । महोत्तरीको सम्सी गाउँपालिकामा उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले आफू निकटका व्यक्तिलाई मलको डिलरका लागि किर्ते कागजपत्र पेस गरेको खुलासा भएको छ ।

सम्सी उपाध्यक्ष नगिनादेवी यादव र प्रमुख प्रशासकीय अधिकृत सञ्जयबाबु यादवले आफ्ना निकटका व्यक्तिलाई मल खाद्यको डिलरको लागि किर्ते कागजात तयार गरि जनकपुरस्थित कृषि समाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनमा पेस गरेको पाइएको हो ।

यादवले प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारी पाएको मिति भन्दा ४ महिना अगावैको मितिमा उपमप्रमुख यादवसँग मिलोमतो गरि मलखादको डिलरको लागि नक्कली कागजात तयार गरी कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनमा पठाएका हुन् ।

१३ मंसिर २०७८ मा संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले स्वास्थ्य शाखामा सातौं तहमा कार्यरत यादवलाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर नहुँदासम्मको लागि आर्थिक तथा प्रशासनिक कार्यको जिम्मेवारी दिएको थियो । तर, अधिकृत यादवले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी नपाएको अवस्थामै १३ असार २०७८ सालमा मल खाद्यको डिलरको लागि कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनमा पठाएको सिफारिस पत्रमा किर्ते हस्ताक्षर गरेको हुन् । जबकी उक्त मितिमा सम्सी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतको रुपमा शम्भु ठाकुर कार्यरत थिए ।

प्रमुख प्रशासकीय अधिकृत हुँदा हुँदै उपप्रमुख यादवले सञ्जयबाबु यादवलाई प्रयोग गरी आफ्ना निकट सफल उपभोक्ता सहकारी संस्था, कालीमाई उपभोक्ता सहकारी संस्था, माँ जानकी उपभोक्ता सहकारी संस्था र आगन उपभोक्ता सहकारी संस्थालाई डिलरका लागि सिफारिस गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत यादवले उपप्रमुख यादवले आफूलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएकोले सिफारिस गरेको दाबी गरेका छन् ।

सरकारले हरेक स्थानीय तहमा मल खाद्य आपूर्ति तथा वितरणको लागि उपप्रमुखको संयाजकत्वमा समिति गठनको व्यवस्था गरेको छ । उक्त समितिमा उप्रमुख संयोजक, प्रमुख प्रशासकीय अधिकृत सदस्य र कृषि शाखा प्रमुख सदस्यसचिव रहने व्यवस्था गरेको छ । तर, यादवले कृषि समाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन पठाएको काजगजातको विषयमा गाउँपालिकाका कृषि शाखाका प्रमुख सन्तोष महतोलाई समेत कुनै जानकारी गराएकी छैनन् । न त मल खाद्य सम्बन्धी बैठकमा उनलाई सहभागि गराइएको छ ।

उपाध्यक्ष यादव र प्रमुख प्रशासकीय अधिकृत यादवले मिलोमतो गरि आफ्नै निकटका व्यक्तिलाई डिलर दिलाएर मल खाद्यमा कलाबजारी गराएर कमिसन लिने गरेका स्रोतको दाबी छ ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ७ : ३४ बजे

मलङ्गवामा सव–इञ्जिनियरको गोली हानी हत्या

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिका–१० मा आज साँझ सव–इञ्जिनियरको

भ्रामक सूचनाको पछि नलागि एचपिभी खोप लगाउन आग्रह

काठमाडौँ । सरकारले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा

पेट्रोलियम पदार्थको बढ्यो मूल्य

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल

नेपालको समाजवाद समुदायमा आधारित हुन्छ : संयोजक प्रचण्ड

रुकुम । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालको

टी-२० विश्वकपमा भारत-पाकिस्तान भिडन्त : टस जितेर पाकिस्तानद्वारा पहिले बलिङको निर्णय

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत क्रिकेट जगतकै सबैभन्दा चर्चित प्रतिस्पर्धामध्ये