२५ माघ २०८२, आइतबार | February 8, 2026

तरलता अभाव भएसँगै छलफलमा जुट्दै सहकारीहरू



काठमाडौं । लगानी योग्य पुँजी (तरलता) को अभाव हुन थालेपछि समाधानको उपाय खोज्नका लागि सहकारीकर्मीहरू छलफलमा जुटेका छन् ।

मंगलबार ललितपुर सहकारी अभियानको आयोजनामा तरलता व्यवस्थापनमा सहकारी अभियानको भूमिका विषयमा छलफल हुँदै छ । छलफलमा सहकारीको नियामक निकाय संघीय सहकारी विभागका साथै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकून), राष्ट्रिय सहकारी बैंकलगायत निकायका उच्च अधिकारीहरुको उपस्थिती रहने आयोजकले जनाएको छ ।

ललितपुरका जिल्लास्तरिय सहकारी संघ र प्रादेशिक सहकारी संघको संयुक्त आयोजनामा छलफल हुन लागेको हो ।

उच्च व्यापारघाटा, घट्दो रेमिट्यान्सलगायतका कारण चालु आर्थिक वर्ष २०७८ र०७९ सुरु भएलगतै बजारमा तरलता अभाव भइरहेको छ । बैंक तथा वित्तीय संस्था हुँदै तरलताको अभावले सहकारी संघसंस्थाहरुलाई पनि समस्या पर्न थालेको छ ।

तरलता अभाव बढेसँगै सहकारीहरुले अत्यावश्यक अवस्थामा बाहेक कर्जा लगानी रोकेका छन् । सहकारी अभियानको छाता निकाय राष्ट्रिय सहकारी महासंघले मंसिर अन्तिम साता सहकारी संस्थाहरुलाई अनिवार्य रुपमा १५ प्रतिशत तरलता राख्न र तरलता व्यवस्थापनका लागि योजना बनाउन आग्रह गरिसकेको छ ।

बैंकहरुमा तरलता अभाव कम गर्नका लागि नेपाल राष्ट्र बैंकले रिपो, एसएलएफलगायका मौद्रिक उपकरणबाट बजारमा रकम पठाउँदै आएको छ । तर, सहकारी संघसंस्थाहरू राष्ट्र बैंकको प्रत्यक्ष नियमनका नभएकाले यो सुविधा पाउँदैनन् । देशभर दर्ता भएको ३० हजार सहकारीहरुले सर्वसाधारणको १० खर्व निक्षेप परिचालन गरिरहेका छन् ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ११ : ५५ बजे

अण्डाको मूल्यमा भारी गिरावट

चितवन । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

काठमाडौं । दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्। विवादास्पद

सुदुरपश्चिम प्रदेशसभामा नेकपाको समायोजन

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा साविकको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत

ऐतिहासिक जित नजिक पुगेर नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत विश्व च्याम्पियन

कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय