१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

जाडोमा अपनाउनुपर्ने १० सावधानी, मुटु रोग विशेषज्ञ डा. ओम मूर्तिको हेल्थ टिप्स



१. पानी प्रशस्त पिउनेः

शरीरमा पानीको मात्रा प्रशस्त भएमा चिसोले गर्दा रगत बाक्लो हुने जोखिम कम हुन्छ ।

Dr. Om Murti

२. वार्म अप गर्नेः

शारीरिक व्यायाम सुरु गर्नु भन्दा अघि ९५–१० मिनेट० शरीरलाई सक्रिय बनाउने अनि व्यायाम गर्ने ।

३. हिँडाइको गति कम गर्नेः

चिसोमा मुटुमा जोखिम घटाउन हिडाइको स्पिड कम गरेर, हिँडाइको अवधि बढाउनु सुरक्षित उपाय हुन्छ ।

४. चिसो हावा र पानी परेको बेलामाः

यस्तो बेलामा घर बाहिर ब्यायम गर्न निस्किनु हुँदैन ।

५. मदिरा र चुरोटको सेवनः

जाडो महिनामा मुटुमा हुने असरलाई मदिराले झन् बढाउने हुनाले यसको प्रयोग नगर्नु राम्रो हुन्छ ।

६. धेरै चिल्लो खानाः

जाडोमा कोलेष्ट्र्रेल बढ्ने हुनाले, धेरै चिल्लो, फ्राई, पार्टी भोजको बेलामा सर्तक हुनु पर्छ ।

७. सुगर, प्रेसर, कोलेस्ट्रेलको राम्रो नियन्त्रणः

जाडो महिनामा प्रेसर र कोलेस्ट्रोलको स्तर बढ्ने हुनाले यसको जाँच र नियन्त्रण गर्न जरुरी छ ।

८. चिसोमा हिड्दा छाती दुख्नुः

मुटु रोगको प्रमुख लक्षण एन्जाइना चिसोमा बढी देखिन्छ र यस्तो छ भने डाक्टरलाई देखाउन जरुरी छ ।

९. औषधिको नियमित प्रयोगः

मुटुरोग प्रेसर, सुगर, कोलेस्ट्रोल आदिको औषधि नटुटाइकन नियमित खानु पर्छ ।

१०. व्यामको बेलामा चिसो बाट सुरक्षाः

यसको लागि पर्याप्त लुगा लगाएर विशेष गरेर टाउको, कान, हात छोपेर हिड्नुपर्छ ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ३ : २० बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग