३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

अपाङ्गता समावेशी विकासका लागि स्थानियतहको भुमिका महत्वपूर्ण



बुटवल । नेत्रहिन युवा संघ नेपाल रुपन्देहीको आयोजनामा ‘समावेशी लोकतन्त्रको सार्थकता, हरेक क्षेत्रमा दृष्टिविहिनहरुको उल्लेखनिय सहभागीता’ भन्ने मुल नाराका साथ अपाङ्गता समावेशी विकासमा स्थानिय तहको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रम भएको छ ।

नेपाल नेत्रहिन युवा संघका केन्द्रीय अध्यक्ष कलारधर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा नरपालिकाका स्वाथ्य, शिक्षा, सामाजिक विकास शाखाका प्रमुख तथा प्रतिनिधिहरु, दृष्टिविहिनता भएका विद्यार्थी तथा सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुतगर्दै नेत्रहिन युवा संघ नेपालका केन्द्रीय अध्यक्ष कलाधर भण्डारीले संविधानमा अपाङ्गता र समावेशीताको अवस्था, अपांगतामैत्री शिक्षा तथा भौतिक सुविधा लगायतको विषयमा प्रकाश पारेका थिए ।

अपाङ्गता भएका व्याक्तिहरुको राजनीतिक क्षेत्रमा पहुँच वृद्धिको साथै स्थानिय सरकार र तहमा उनीहरुको सहभागीताको क्षेत्र लगायतको विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा बोल्दै उनले अपाङ्गताको क्षेत्रलाई के कसरीस्थानियकरणगर्न सकिन्छ र उनीहरुको पहुँचमा के कसरी वृद्धि र विकास गर्न सकिन्छ भन्ने विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा बोल्दै नेत्रहिन संघ रुपन्देहीका अध्यक्ष कृष्ण बहादुर जिसीले अपाङ्गताको विषयमा पनि नेत्रहिन, न्युन नेत्रहिन लगायतकाहरुको समस्या जटिल भएको भन्दै उनीहरुको शिक्षा तथा भौतिक क्षेत्रमा पहुँच वृद्धिका लागि स साना कुरामा परिर्वतन ल्याएमा संभव भएको बताए ।

उनले शिक्षामा न्यून दृष्टिविहिनता भएका व्याक्तिहरुको लागि केही ठुलो किताव वा कितावमा अक्षरको आकार वृद्धि गरेर सहज पुहँच विस्तार गर्न सकिने भन्दै यसको लागि नरपालिका शिक्षा शाखाले विशेष ध्यानदिनुपर्ने बताए ।

नेत्रहिन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष टिकराम पौडेलको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष जीवन पोखरेलले स्वागत मन्तव्य राखेका थिए । नगरपालिका स्वाथ्य शाखा प्रमुख, शिक्षा साखा प्रमुखहरुले आफ्नो प्रतिवद्धता मन्तव्य राखेका थिए ।

 

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ७ : १६ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र