१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

एमसीसी नेपाल र नेपालीको हितमा छैन : चित्रबहादुर केसी



बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बहुसंख्यक नेपाली जनता एमसीसीको बिरुद्वमा रहेको बताएका छन ।

नेपाल र नेपालीको हितमा एमसीसी छैन भन्ने जनताले बुझी सकेपनि सत्तामा बस्नेहरुले भ्रम फैलाएको बताएका छन । एमसीसीका बिरुद्व मंगलबार बुटवलमा आयोजित बिरोध सभामा बोल्दै राष्ट्रघाती एमसीसी सम्झौता संशोधन होइन खारेज गर्नुपर्ने केसीले बताए ।

एमसीसी अमेरिकाको इन्डोप्यासिफिक रणनीतिको अंग भएकाले संसदबाट पास गर्नै नहुने र खारेजीको विकल्प नभएको उनले बताए । विकासको नाममा नेपाली भूमि प्रयोग गरेर चीनका बिरुद्व गतिविधि चलाउने अमेरिकाको योजना बिफल बनाउन राष्ट्रवादी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिए ।

महाकाली बेच्दा र टनकपुर, अपरकर्णाली भारतलाई सुम्पिदा पनि सत्तामा बस्ने कतिपय दल र ति दलका नेताहरुले भ्रम छरेको उल्लेख गर्दै अहिले पनि एमसीसीको पक्षमा जनतालाई भ्रममा पारिएको बताए ।

राष्ट्रियताको पक्षमा एमसीसीको बिरुद्वमा संसदमा बोल्दा राष्ट्रिय जनमोर्चालाई एक्लै बनाइएको बताउंदै केपी ओलीले पहिल्यै पास गराउन लागेको एमसीसी अहिले कांगे्रस र एमाले मिलेर संसदबाट पास गराउन सक्ने भएकाले जनतालाई सचेत बनाएर आन्दोलनमा उर्तानुपर्ने बताए । उनले आन्दोलनबाट राणा, पञ्चायत र राजा फालिए पनि सत्तामा बसेका केही दल र ति दलका नेताहरको स्वार्थका कारण देश र जनताले मुक्ति नपाएको बताए ।

नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य पे्रम सुवेदीले नेपालको कानुन भन्दा माथि राखेर एमसीसी ल्याउने षडयन्त्र भैरहेको बताउंदै चीनलाई कमजोर बनाउन अमेरिकाले जबरजस्त ल्याउन खोजेको एमसीसी पूर्णरुपले खारेज गर्नुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टीका नेता भेषराज भुसालले नेपाली जनतालाई एमसीसी मान्य नभएको बताउंदै आन्दोलनको दबावबाट खारेज गरिने बताए । उनले संसदीय व्यवस्था असफल भैसकेको दावी गर्दै अमेरिकाको साम्राज्यवादी नीतिका विरुद्व क्रान्तिकारी शक्ति एकजुट भएर एमसीसी खारेज गरेर देखाउने दावी गरे ।

नेकपा मालेका नेता गोपालमणि गौतमले एमसीसी सम्झौता राष्ट्रघाती भएकाले खारेजी गर्नुको अर्को कुनै विकल्प नभएको बताए ।

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका नेता शसी विश्वकर्माले जनताको आन्दोलनबाट राष्ट्रिघाती एमसीसी खारेज गर्नुपर्ने र त्यसका लागि आन्दोलनलाई देशव्यापी बनाउनु पर्नेमा जोड दिए ।

नेकपा मसाल, नेकपा माले, विप्लव नेतृत्व नेकपा, नेकपा क्रान्तिकारी माओवादी, राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल लगायतका राजनीतिक दलले बुटवलमा एमसीसी बिरुद्व बिरोध सभाको आयोजना गरेका थिए ।

देजमोका राजु भुजेलको सञ्चालनमा कार्यक्रmम भएको थियो । मंगलबार बुटवलसहित देशभर एमसीसी सम्झौताको बिरुद्व बिरोध प्रदर्शन गरिएको छ । बुटवलमा पनि बिरोध प्रदर्शनपछि वीपी चोकमा सभाको आयोजना गरिएको थियो ।

 

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ७ : ३४ बजे

यातायात कार्यालय बुटवलबाट दुई जना विचौलिया पक्राउ

बुटवल । यातायात व्यवस्था कार्यालय, बुटवल परिसरबाट प्रहरीले दुई जना

डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुख

जनताप्रति उत्तरदायी बन्न सरकारलाई राप्रपाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले

गृहमन्त्री गुरुङद्वारा तीन अध्यादेश पेस

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा तथा १४ अधिवेशनको तयारी पुरा

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा