४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

संसद अवरोध एमालेको ‘मुर्खतापूर्ण बल प्रयोग’ : झलनाथ खनाल



काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले एमालेले संसदमा गरिरहेको अवरोधलाई ‘मुर्खतापूर्ण बल प्रयोग’ को संज्ञा दिएका छन् ।

प्रतिनिसभाको बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले एमालेले संसदलाई बन्धक बनाएर राष्ट्रलाई अराजकतातर्फ लैजान खोजेको बताए ।

खनालले भने, –‘यो एउटा अराजकतावादी कुरा हो । जोसँग तर्कहरु सिद्धिन्छन्, शक्ति सिद्धिन्छ । बौद्धिकता सिद्धिन्छ । मर्यादा सिद्धिन्छ । सवैधानिकता सिद्धिन्छ । त्यस्ता मानिसहरु बल प्रयोगमा लाग्छन् । मुर्खतापूर्ण बल प्रयोग । यो मुर्खतापूर्ण बल प्रयोगभन्दा बढ्ता केही पनि होइन । संसद जनताको आवाज उठाउने, राष्ट्रका आवाज उठाउने, जनताका विभिन्न समस्याहरु उठाउने थलो हो । राष्ट्रका नीति, कार्यक्रम, बजेट, ऐन, कानूनहरु, संकल्पहरु निर्माण गर्ने थलो हो यो । यो थलोलाई नै बन्द गरेपछि, बन्धक बनाएर राखेपछि राष्ट्र कसरी चल्छ ? यो राष्ट्रलाई नै चल्न नदिने, राष्ट्रलाई अराजकताको खाडलतर्फ लाने धुन्धुकारी प्रवृत्ति हो । धुन्धुकारी प्रवृत्तिबाट प्रतिपक्षी पार्टीको नेतृत्व ग्रस्त छ ।’

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ४ : २० बजे

सदरमुकामदेखि एक सय किलोमिटर टाढा छन् मतदान केन्द्रहरू

मुस्ताङ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

तुलसी घिमिरेको ‘पहाड’ वैशाख १ बाट प्रदर्शन

काठमाडौं । वरिष्ठ निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड’ आगामी

पाकिस्तानमाथि ६१ रनको प्रभावशाली जित, भारत एक खेलअघि नै सुपर-८ मा

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह ‘ए’ को महत्वपूर्ण प्रतिस्पर्धामा

गाउँमै निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले युवालाई सरकारी सेवामा प्रवेश

घरजग्गा कारोबारबाट गत माघमा पाँच अर्ब राजस्व सङ्कलन

काठमाडौं । गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले रु पाँच