१० बैशाख २०८३, बिहिबार | April 23, 2026

एमसीसीबारे गठबन्धन कार्यदलमा प्रारम्भिक छलफल, केही दिनमा निस्कर्ष दिने तयारी



काठमाडौं । बहुचर्चित र बहुविवादित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे टुङ्गोमा पुग्न गठित सत्तारूढ गठबन्धनको कार्यदलको पहिलो बैठक आज बसेको छ ।

नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल निवास डल्लुमा आज बसेको बैठकमा सम्झौताबारे प्रारम्भिक छलफल सुरु भएको हो ।

प्रारम्भिक छलफल सकारात्मक रूपमा अगाडि बढेको कार्यदलका सदस्य एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । ‘एमसीसीबारे एकै किसिमको धारणा बनोस् भनेर हामीले छलफल प्रारम्भ गरेका छौं । र आज प्रारम्भिक छलफल भएको छ । छलफल सकारात्मक भएको छ । र केही दिन पछि हामी छलफल गरेर एउटा निष्कर्षमा पुग्छौँ ।’, मन्त्री कार्कीले भने, ‘यसमा धेरै छलफल भइसकेको छ । अब यसलाई कसरी एउटा निष्कर्षमा पुर्‍याउने, त्यो बाटोमा जाने दिशामा हामी अग्रसर हुनुपर्छ ।’

सत्तारुढ गठबन्धनका दलहरूले एमसीसीबारे अन्य दलसँग छलफल गर्न र टुङ्गोमा पुग्न तीन सदस्यीय कार्यदल बनाएका थिए । कार्यदलमा एकीकृत समाजवादीका नेता खनाल, नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ र सूचना तथा सञ्चार प्रविधिमन्त्री कार्की रहनुभएको छ ।

कार्यदलले संसद् बैठक सञ्चालन गर्नेदेखि संसद्मा विचाराधीन विभिन्न विषय अगाडि बढाउने सम्बन्धमा दलहरूसँग आवश्यक परामर्श र छलफल गर्ने कार्यादेश दिइएको थियो ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ८ : ४२ बजे

काठमाडौँमा वायु प्रदूषण ‘धेरै अस्वस्थ’ श्रेणीमा, अत्यावश्यकबाहेक बाहिर ननिस्कन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ ।

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव दरवाङ-मुना-ढोरपाटन निर्माणमा

म्याग्दी । म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ-मुना-ढोरपाटन सडक योजना निर्माण सुस्ताएको

पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा स्थित भैरवकुण्ड क्षेत्रमा पछिल्लो समय

खोटाङको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

खोटाङ । यहाँको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने