१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

एमाले जनवर्गीय संगठनलाई प्रभावकारी बनाउनेबारे अध्ययन गर्न सात सदस्यीय कार्यदल गठन



काठमाडौं । नेकपा एमालेको जनसंगठन समन्वय संयन्त्रले जनसंगठनहरू प्रभावकारी बनाउनका लागि अध्ययन गर्न कार्यदल बनाउने निर्णय गरेको छ ।

बुधबार तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसेको संयन्त्रको पहिलो बैठकले संयन्त्रका संयोजक भानुभक्त ढकालको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदल सदस्यहरूमा रचना खड्का, गोकुल बाँस्कोटा, महेश बस्नेत, पार्वत गुरूङ, माधव ढुंगेल र विष्णु रिजाल रहेका छन् ।

कार्यदलले जनसंगठनका पदाधिकारी कति जना रहने ? जनसंगठनमा काम गर्नेहरूको पार्टीमा अवस्था के हुने ? जनसंगठनबाट बिदा भएकाहरू पार्टी काममा पुगेका छन् वा छैनन् र नभए कसरी पुर्‍याउने ? भन्ने विषयमा छलफल गरेर मोर्चा संयन्त्रको बैठकमा सुझाव पेस गर्ने छ । सोही सुझावका आधारमा फागुनसम्ममा जनसंगठनहरूले अधिवेशन र सम्मेलन सम्पन्न गर्नुपर्नेछ ।

संयन्त्रको बुधबारको बैठकमा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षहरू उपस्थित रहेका थिए । बैठकले पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठकको निर्णय अनुसार फागुन मसान्तभित्र सबै जनसंगठनका राष्ट्रिय अधिवेशनरसम्मेलन आयोजना गर्नका लागि आ-आफ्नो कार्यक्षेत्रमा लाग्ने निर्णय पनि गरेको जनाएको छ ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ९ : १८ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम