४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

थकाली समुदायको जनसंख्या घटेपछि लुम्बिनी प्रदेश प्रमुख शेरचनले भने-‘२ सन्तान ईश्वरको बरदान’को पछि नलाग्नुस्



पोखरा । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले थकाली समुदायका महिलाहरु नेतृत्व तहमा आउनु नसक्नु पछाडी पुरुषवादी चिन्तन रहेको बताएका छन् । थकाली युवा परिवार नेपालद्वारा पोखरामा आयोजित प्रथम राष्ट्रिय भेला तथा नेतृत्व विकास कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले जिम्मेवारी दिएको खण्डमा महिलाले पनि नेतृत्व गर्न सक्ने बताए ।

शेरचनले परिश्रमको हिसाबले हेर्ने हो भने पुरुष भन्दा महिला दोब्बर परिश्रमी भएरपनि उनीहरु नेतृत्वमा आउन नसकेको बताए । ‘अवसर नदिएर मात्रै हो जिम्मेवारी दिए महिला अगाडी आउन सक्छन् ।’ उनले भने ।

राष्ट्रियता विना कुनै पनि समुदायको पहिचान र अस्तित्व नरहने धारणा राख्दै उनले राष्ट्रियताका लागि सबैले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्नेमा जोड दिए । ‘राष्ट्रियता विना हाम्रो पहिचान रहन सक्दैन । हामी थकाली हुन सक्दैनौ, ‘उनले भने , ‘यदि नेपाल नै रहेन भने हामी नेपाली कहाँ रहन्छौ र ?’

उनले राष्ट्रको एकताको लागि युवाको भुमिकासँगै महत्वपूर्ण जिम्मेवारी रहेको पनि उल्लेख गरे ।

प्रदेश प्रमुख शेरचनले थकालीहरुको जनसँख्या पछिल्लो समय झन न्यून भएको बताउदै तथ्यगत तथ्यांकका लागि समुदायकाबीच एकता बलियो हुनु पर्ने धारणा राखे । शेरचनले थकाली समुदायको जनसँख्यामा कमी भएको बताउदै दुई सन्तान ईश्वरको बरदान भन्ने उखानको पछि नलाग्न समुदायलाई आग्रह गरे ।

उनले थकाली समुदाय सम्पन्नताको हिसाबले अगाडी रहेको बताउदै पहुँचको क्षेत्रमा पनि अग्रसर हुनुपर्ने उल्लेख गरे । ‘सान सम्पत्तीबाट मात्रै हुन्न चिन्तन र विचारबाट हुन्छ, उनले भने , ‘सम्पत्तिले खुशी दिन्न दुखी बनाउँछ । कसैले लुट्लाकी भन्ने डर हुन्छ । कतै हत्या गर्छ कि भन्ने त्रास हुन्छ । त्यसैले खुशी विचारले मिल्छ ।’

राष्ट्रिय भेलासँगै पाँच दिन चल्ने नेतृत्व तथा व्यक्तित्व विकास प्रशिक्षण कार्यक्रममा देशभरका १६ क्षेत्रका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  १० : २१ बजे

सदरमुकामदेखि एक सय किलोमिटर टाढा छन् मतदान केन्द्रहरू

मुस्ताङ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

तुलसी घिमिरेको ‘पहाड’ वैशाख १ बाट प्रदर्शन

काठमाडौं । वरिष्ठ निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड’ आगामी

पाकिस्तानमाथि ६१ रनको प्रभावशाली जित, भारत एक खेलअघि नै सुपर-८ मा

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह ‘ए’ को महत्वपूर्ण प्रतिस्पर्धामा

गाउँमै निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले युवालाई सरकारी सेवामा प्रवेश

घरजग्गा कारोबारबाट गत माघमा पाँच अर्ब राजस्व सङ्कलन

काठमाडौं । गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले रु पाँच