३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

महोत्तरीमा माओवादीको राष्ट्रिय सम्मेलनका प्रतिनिधि छान्न सकस



महोत्तरी । नेकपा माओवादी केन्द्र महोत्तरीले राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छान्ने अधिकार केन्द्रीय सदस्य र प्रदेश कमिटी सदस्यलाई सुम्पेको छ ।

आकाङक्षीहरुबीच प्रतिनिधिको विषयमा विवाद भएपछि सम्मेलनमा प्रतिनिधि छान्ने अधिकार केन्द्रीय सदस्य र प्रदेश कमिटीलाई सुम्पेको माओवादी केन्द्र महोत्तरीले जनाएको छ ।

वडादेखि जिल्ला तहसम्म निर्वाचित हुँदै आएका केही नेताहरुको नाम सिफारिस भएको भए पनि अन्तिम निर्णय लिने अधिकार केन्द्रीय सदस्य र प्रदेश कमिटीलाई प्रदान गरेको नेकपा माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले जानकारी दिए ।

ञप्रदेश सम्मेलनबाट नै केन्द्रीय सदस्य र प्रदेश कमिटी सदस्यहरुबीच छलफल भएपछि मात्र सम्बन्धित जिल्लाको प्रतिनिधि छान्ने अधिकार प्राप्त भएको छझ केन्द्रीय सदस्य समेत रहेका राजु खड्काले भने।

महोत्तरीबाट कृयाशिल सदस्यको आधारमा १३ जना प्रतिनिधि छान्न मिल्छ । केन्द्रीय सदस्य र प्रदेश कमिटीमा छलफलका लागि भने सबै आकाङ्क्षीहरुको नाम पठाइसकिएको माओवादी केन्द्र महोत्तरीले जनाएको छ ।

छलफलवाट १२ जनाको नाम टुंग्याइसकिएको र एक जनाको नाम अझै बाँकी रहेको माओवादीका एक जना केन्द्रीय नेताले बताए ।

बिहीबार ११ बजेभित्र सम्पूर्ण प्रतिनिधिको नाम टुंग्याएर केन्द्रमा पठाइसक्ने तयारी प्रदेश कमिटीको छ ।

 

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ७ : ०२ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा मानसिक स्वास्थ्य र गुणस्तरीय सेवा प्रवाहसम्बन्धी अभिमुखीकरण

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मानसिक स्वास्थ्यको वर्तमान अवस्था,

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

ललितपुर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना

बाँकेका प्रहरी प्रमुख जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’

काठमाडौँ । शान्ति सुरक्षा, जनशक्ति व्यवस्थापन र प्रविधिमा आधारित प्रहरी

दसैंदेखि छठसम्म वालेटमा एक दिनमा ५० पटकसम्म पैसा जम्मा गर्न सकिने

काठमाडौं । ठूला चाडपर्वलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले वालेटमा

प्रहरी सङ्गठनलाई सक्षम, व्यवसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र