१९ बैशाख २०८१, बुधबार | May 1, 2024

महोत्तरीमा माओवादीको राष्ट्रिय सम्मेलनका प्रतिनिधि छान्न सकस



महोत्तरी । नेकपा माओवादी केन्द्र महोत्तरीले राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छान्ने अधिकार केन्द्रीय सदस्य र प्रदेश कमिटी सदस्यलाई सुम्पेको छ ।

आकाङक्षीहरुबीच प्रतिनिधिको विषयमा विवाद भएपछि सम्मेलनमा प्रतिनिधि छान्ने अधिकार केन्द्रीय सदस्य र प्रदेश कमिटीलाई सुम्पेको माओवादी केन्द्र महोत्तरीले जनाएको छ ।

वडादेखि जिल्ला तहसम्म निर्वाचित हुँदै आएका केही नेताहरुको नाम सिफारिस भएको भए पनि अन्तिम निर्णय लिने अधिकार केन्द्रीय सदस्य र प्रदेश कमिटीलाई प्रदान गरेको नेकपा माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले जानकारी दिए ।

ञप्रदेश सम्मेलनबाट नै केन्द्रीय सदस्य र प्रदेश कमिटी सदस्यहरुबीच छलफल भएपछि मात्र सम्बन्धित जिल्लाको प्रतिनिधि छान्ने अधिकार प्राप्त भएको छझ केन्द्रीय सदस्य समेत रहेका राजु खड्काले भने।

महोत्तरीबाट कृयाशिल सदस्यको आधारमा १३ जना प्रतिनिधि छान्न मिल्छ । केन्द्रीय सदस्य र प्रदेश कमिटीमा छलफलका लागि भने सबै आकाङ्क्षीहरुको नाम पठाइसकिएको माओवादी केन्द्र महोत्तरीले जनाएको छ ।

छलफलवाट १२ जनाको नाम टुंग्याइसकिएको र एक जनाको नाम अझै बाँकी रहेको माओवादीका एक जना केन्द्रीय नेताले बताए ।

बिहीबार ११ बजेभित्र सम्पूर्ण प्रतिनिधिको नाम टुंग्याएर केन्द्रमा पठाइसक्ने तयारी प्रदेश कमिटीको छ ।

 

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ७ : ०२ बजे

बेलायतमा नेपाली कन्सर्ट हुँदै

काठमाडौं । मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी

साउन १ देखि पशुपतिको विद्युतीय शवदाह गृह निःशुल्क

काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह आगामी साउन १ गतेदेखि

गर्मी बढे सँगै मधेशको विद्यालयको पठनपाठन प्रभावित

राैतहट । चालिस डिग्रीभन्दा बढी तापक्रम हुन थालेपछि मधेशको जनजीवन

नेपाल वेस्ट इन्डिज ए सँग पराजित

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ

चीन सधैँ नेपालको समृद्धि, शान्ति र राजनीतिक स्थिरताको पक्षमा – देव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले हालै