१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

ओमिक्रोन भेरियन्टको बढ्दो त्रास



काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखापरेको छ । दक्षिण अफ्रिकी मुलुबाट फैलिएको कोरोनाको यो नयाँ भेरियन्ट नेपालमा दोस्रोपटक देखिएको हो । यसअघि दुई जनामा ओमिक्रोन संक्रमित भेटिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. संगीता मिश्राले ५८ वर्षीय एक जना वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको बताइन् । उनका अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । स्वास्थ्य मन्त्रालयको नियमित सम्पर्कमा रहेर उनको उपचार भइरहेको उनले बताइन् ।

प्रवक्ता मिश्राका अनुसार २२ जनामा डेल्टा भेरियन्ट पुष्टि छ । हालसम्म ५५ लाख बढी नमुना परीक्षण भइसकेको छ भने ९ लाख २२ हजार ४ सय ३३ जना संक्रमित भएका छन् ।

पछिल्लो समय क्रमिक रूपमा कम हुँदै गएको संक्रमित दर नयाँ भेरिएन्ट भित्रिए अवस्था जटिल हुन सक्ने देखिन्छ । वैज्ञानिकहरूले ओमिक्रोन पहिलेका भेरियन्टभन्दा खतरनाक नभएको बताइरहेका छन् । यद्यपि, सो भेरियन्ट लागेर अमेरिकामा एक जनाको मृत्यु भइसकेको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार मृत्यु हुने व्यक्तिले कोरोनाको कुनै पनि खोप नलिएको पाइएको उल्लेख गरेका छन् ।

अहिलेसम्मका डाटा हेर्दा ओमिक्रोन निकै संक्रामक भए पनि यो डेल्टा वा अरू भेरियन्टभन्दा खतरनाक नदेखिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का आपतकालीन परिस्थिति निर्देशक माइकल ¥यानले जानकारी दिएका छन् ।

अमेरिकी सरकारका मेडिकल सल्लाहकार डा. एन्थोनी फाउचीले ओमिक्रोन बढी संक्रामक भए पनि यसले डेल्टाले जस्तो बिरामीलाई बढी सिकिस्त नबनाउने बताएका छन् । यद्यपि डा. फाउजीले सो भेरियन्टको विषयमा विस्तृत अध्ययन हुनुपर्ने र संसारभरबाट डाटा संकलन गर्नुपर्ने अमेरिकी सञ्चार एजेन्सीलाई बताएका छन् ।

नेपालमा हालसम्म डेल्टा प्लससहित अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) भेरिएन्ट पुष्टि भएको छ । नेपालमा कोरोना भाइरसको दोस्रो लहरमा मानवीय क्षति बढी भएको थियो । डेल्टा भेरिएन्टले नेपालमा संक्रमित दर र मृत्युदर बढाएको थियो ।

विज्ञहरूको अनुसार हाल उपलब्ध खोपले काम गर्न नसक्ने बताएका छन् । तर, खोप लगाएकाहरूलाई भने गम्भीर बिरामी भने नबनाउने विज्ञको भनाइ छ । कोभिडका डेल्टा, अल्फा, बीटा अनि गामाजस्ता प्रमुख भेरियन्टले गराउन सक्ने गम्भीर बिरामी हुनबाट जोगाउने विज्ञको मत रहेको छ ।

हालसम्म बैज्ञानिकहरूले कोरोनाको नयाँ भेरियन्टलाई सूक्ष्म रूपमा हेरिरहेका छन् । सबैभन्दा बढी खतरा हुन सक्ने भेरियन्टलाई वैज्ञानिकहरूले सूचीकृतसमेत गरेका छन् ।

त्यसरी सूचीकृत गरिएका भेरियन्टहरूमा डेल्टा भेरियन्ट सुरुमा भारतमा देखिएको र हाल यूकेमा यो भेरियन्ट आमरूपमा फैलिएको छ । यो भेरियन्टको असर’bout वैज्ञानिकहरूले अहिले पनि सूक्ष्म अध्ययन गरिरहेका छन् । आजको राजधानी दैनिकमा निराजन पौडेलले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ७ : ४३ बजे

गृहमन्त्री गुरुङद्वारा तीन अध्यादेश पेस

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा तथा १४ अधिवेशनको तयारी पुरा

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा

रोस्टमबाट हर्क साम्पाङले गरे एमसीसी सम्झौता खारेजीको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ राईले एमसीसी

राष्ट्र निर्माणमा सरकारलाई सहयोग गर्न तयार छौं : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी सांसद वर्षमान पुनले राष्ट्र निर्माण,

रास्वपालाई चुनाव जिताउन शक्तिकेन्द्रहरुले निलो क्रान्ति गराए : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) ले संसद बैठकको पहिलो दिनमै सत्तारुढ