१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

कांग्रेस महाधिवेशनः सम्पूर्ण मतपरिणाम आज आउने



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको सम्पूर्ण मत परिणाम आज सार्वजनिक हुने भएको छ । खस आर्य र जनजाति बाहेक सबै कलष्टरको मतगणना सकिएको छ ।

आज दिउँसोसम्ममा खस आर्य र जनजाति कोटाको पनि मतगणना सकिने निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन् । दलित कलष्टरको मतगणना सकिएको तर औपचारिक घोषणा गर्न बाँकी छ ।

दलित खुलातर्फ कसले जिते ?

दलित खुलातर्फ पुरुष केन्द्रीय सदस्यमा ५ जनाका लागि भएको निर्वाचनबाट सभापति शेरबहादुर देउवा प्यानलका ४ जना र डा. शेखर कोइराला प्यानलका १ जना विजयी भएका छन् ।

मानबहादुर नेपाली, प्रकाश रसाइली (स्नेही), नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मीकि निर्वाचित भएका हुन् । उनीहरूमध्ये स्नेही मात्र कोइराला प्यानलबाट विजयी भएका हुन् ।

दलित महिलातर्फको ४ केन्द्रीय सदस्यका लागि भएको निर्वाचित सबै देउवा प्यानलबाटै विजयी भएका छन् । उनीहरूमा लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार र रूपा विश्वकर्मा रहेका छन् ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ९ : ५९ बजे

लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्य : प्रतिनिधिसभाका सभाध्यक्ष केसी

काठमाडौँ । प्रतिनिधिसभाका सभाध्यक्ष अर्जुननरसिंह केसीले राजनीतिक स्थिरता, सुशासन र

दल फरक भए पनि देश एउटै हो, सँगै उठ्नुपर्छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद भिष्मराज आङ्देम्बेले राजनीतिक

सदनलाई राष्ट्रपति कार्यालयको पत्रको जानकारी

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदको

रास्वपालाई सिंहदरबार बदल्न जनताले जिम्मेवारी दिएका छन् : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले आफ्नो

व्यवसायी दीपक भट्ट पक्राउ

काठमाडौं । व्यवसायी दीपक भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।