१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्य : प्रतिनिधिसभाका सभाध्यक्ष केसी



काठमाडौँ । प्रतिनिधिसभाका सभाध्यक्ष अर्जुननरसिंह केसीले राजनीतिक स्थिरता, सुशासन र विधिको शासन स्थापनामा सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकलाई सम्बोधन गर्दै सभाध्यक्ष केसीले २०१५ सालको पहिलो संसदीय निर्वाचनको परिणामपछि गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनले ऐतिहासिक उपलब्धि हासिल गरेको उल्लेख गर्दै जनताको अपेक्षाअनुसार शासन प्रणालीमा आमूल परिवर्तन आवश्यक रहेकामा जोड दिए ।

सभाध्यक्ष केसीले नवगठित प्रतिनिधिसभालाई जनताले ठूलो भरोसाका साथ हेरिरहेका उल्लेख गर्दै सरकार मात्र होइन, शासन सञ्चालनको संस्कार र संस्कृति परिवर्तनको आवश्यकता जनताको चाहना रहेको उल्लेख गरे । उनले प्रधानमन्त्री वालेन्द्र शाह तथा मन्त्रिपरिषद्का सदस्यहरूलाई बधाई दिँदै सरकारले सार्वजनिक गरेको १०० बुँदे सुधारका कार्यक्रमलाई स्वागतयोग्य कदम भएको बताए ।

सम्बोधनका क्रममा सभाध्यक्ष केसीले लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्य भएको उल्लेख गर्दै सत्तापक्ष र प्रतिपक्षबीच रचनात्मक सहकार्यको आवश्यकता औँल्याए । “वाद, प्रतिवाद र संवाद नै लोकतन्त्रको आत्मा हो”, उनले भने । उनले संवैधानिक संस्थाको निष्पक्षता, पारदर्शीता र विश्वसनीयता सुदृढ गर्नुपर्नेमा जोड दिँदै संसद्लाई प्रभावकारी बनाउन शिष्ट, मर्यादित र जिम्मेवार व्यवहार हुने अपेक्षा व्यक्त गरे ।

गरिबी, बेरोजगारी, महँगी र सामाजिक असमानता जस्ता समस्यालाई साझा चुनौतीका रूपमा उल्लेख गर्दै सभाध्यक्ष केसीले यस् र यस्ता समस्याबाट मुक्ति दिलाउन संसद्ले प्रभावकारी भूमिका निर्वाह हुनुपर्ने धारणा राखे । संविधानको मर्मअनुसार समावेशीता, समानता र जनसत्ता सुदृढ गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा उनले जोड दिए ।

नवगठित सरकार र प्रतिनिधिसभामार्फत जनताका अपेक्षा पूरा हुने विश्वास व्यक्त गर्दै सभाध्यक्ष केसीले सहकार्य, संवाद र समझदारीमार्फत बाँकी संसदीय प्रक्रियाहरू सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए । उनले भने, “जनताको चाहना पनि यही हो । गठन हुन बाँकी विषयमा पनि सहमतिका आधारमा गठन भई जनहित र राष्ट्रहितमा प्रभावकारी काम गर्ने विश्वास लिएको छु ।”

यसैबीच, सभामुखको निर्वाचन भइनसकेको अवस्थामा प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रूपमा उनले बैठकको अध्यक्षता गरेका हुन् ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ३ : ३१ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको