४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ११ औं राष्ट्रिय महाधिवेशन बुटवलमा सुरू



बुटवल । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ११ औं राष्ट्रिय महाधिवेशन बिहीबारदेखि बुटवलमा सुरू भएको छ ।

महाधिवेशनको नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष बिनोद श्रेष्ठले उद्घाटन गरे । सो अवसवरमा बोल्दै अध्यक्ष श्रेष्ठले मजदुरहरूलाई राजनीतिमा आउन आग्रह गरे ।

मजदुरहरु राजनीतिमा आएपछि मात्र उनीहरुको भविश्वय सुरक्षित हुने मजदुर नेता श्रेष्ठको भनाइ छ । ‘मजदुरले राजनीति नगरे कस्ले गर्छ ?’ अध्यक्ष श्रेष्ठले भने, ‘मजदुरले पनि देश चलाउन सक्छन । मजदुरी गरी मन्त्री बनेका व्यक्तिले मात्र मजदुरको समस्या बुझने हुन्छ । त्यसैले मजदुरहरु राजनीतिमा आउनुको विकल्प छैन ।’

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै यातायात मजदुर सहभागी हुने श्रेष्ठले आग्रह गरे । टेड्र युनियन महासंघले प्रतिनिधित्वको अधिकार कार्यान्वनको चरणमा पु¥याएको नेता श्रेष्ठले बताए । अधिवेशनले आन्दोलनको समिक्षा गर्दै चुस्त काम गर्ने नेतृत्व चयन गर्न आग्रह गरे ।
कार्यक्रममा नेकपा एमाले पोलिटव्यूरो सदस्य दधिराम न्यौपानेले एमालेले मात्र मजदुरहरुका समस्या समाधान गर्ने बताए । उनले योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई कार्यान्वनमा ल्याउन नदिन अनेक प्रयासहरु भइरहेको बताए । उनले मजदुरको न्यूनतम ज्याला अनिर्वाय कार्यान्वन हुनुपर्ने बताए ।

जिफन्टका उपाध्यक्ष विदुर कार्कीले यातायात क्षेत्रमा सेटिङ हुँदा श्रमीक र मजदुरहरु अनाहकमा जेलमा जानुपर्ने अवस्था सृजना भएको बताए । उनले आफूहरुको प्रयासलेले नैं यातायातलाई कम्पनीमा जाने माग गरिएको बताए ।

कार्यक्रममा जिफन्ट उपाध्यक्ष कमल गौतम, यातायात मजदुर संघका उपाध्यक्ष दीर्घबहादुर केसी, अखिल नेपाल मजदुर संघका अध्यक्ष राजेन्द्र आचार्य, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, आइटेप नेपालका संयोजक अजय राई, संघका पूर्व अध्यक्षहरु राजिब घिमिरे, उत्तम केसी लगायतले बोलेका थिए ।

संगठनका अध्यक्ष भीम ज्वाला राईको अध्यक्षता, उपाध्यक्ष ठाकुर श्रेष्ठको स्वागत तथा महासचिव नवराज घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तीन दिनसम्म चल्ने अधिवेशनमा देशभरबाट ३५० भन्दा बढी मजदुर नेताहरु आएका छन् । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

 

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ५ : २६ बजे

पशुपतिमा एकैदिन ६ लाखभन्दा बढीले गरे दर्शन

काठमाडौं । महाशिवरात्री पर्वका अवसरमा आइतबार पशुपतिनाथ मन्दिर मा भक्तजनको

मुग्लिन-मलेखु सडकमा कालोपत्र गरिँदै

चितवन । पृथ्वी राजमार्गको नागढुङ्गा-मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने

सदरमुकामदेखि एक सय किलोमिटर टाढा छन् मतदान केन्द्रहरू

मुस्ताङ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

तुलसी घिमिरेको ‘पहाड’ वैशाख १ बाट प्रदर्शन

काठमाडौं । वरिष्ठ निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड’ आगामी

पाकिस्तानमाथि ६१ रनको प्रभावशाली जित, भारत एक खेलअघि नै सुपर-८ मा

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह ‘ए’ को महत्वपूर्ण प्रतिस्पर्धामा