३ पुस २०८२, बिहिबार | December 18, 2025

लगातार दोस्रो जितको खोजिमा महिला टोली, पुरुष उज्वेकिस्तानसँग खेल्दै



काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले लगातार दोस्रो जित निकाल्ने दाउ सहित एसियन सेन्ट्रल जोनमा शुक्रबार माल्दिभ्सविरुद्ध कोर्टमा उत्रिदै छ ।

बंगलादेशको ढाकामा बिहीबारदेखि जारी प्रतियोगितामा महिला टोलीले आफ्नो पहिलो खेलमा श्रीलंकामाथि ३-२ को जित हात पारेको थियो ।

श्रीलंकाविरुद्ध जित निकाले पनि खेलाडीको प्रदर्शनबाट सन्तुष्ट नभएका प्रशिक्षक जगदिश भट्टले माल्दिभ्सविरुद्व टोलीले उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् ।

नेपाल र माल्दिभ्सको खेल दिउँसो ११:१५ मा हुनेछ ।

शुक्रबार नै हुने पुरुषतर्फको खेलमा नेपाली टोली उज्वेकिस्तानविरुद्व पहिलो जितको खोजीमा हुनेछ । खेल साँझ ५:४५ मा हुनेछ ।

प्रतियोगितामा आफ्नो दोस्रो खेल खेल्न लागेको पुरुष टोली बिहिवार आयोजक बंगलादेशसँग ३-० को सोझो सेटमा पराजित भएको थियो ।

राउन्ड रोबिन पद्धतिको आधारमा हुने खेलमा शिर्ष दुई टोलिले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ७ : २५ बजे

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको